ऐतिहासिक आधार,बर्तमान अवस्था नेपाल कम्युनिस्ट पार्टी भित्रको अन्तरसंघर्श र गुट

अनलाइन दर्पण 2021-05-16
img

सुरेश प्रसाद निरौला ,कार्तिक १५ काठमाडौं "गुट र नेकपा " 

(क)     कमुनिस्ट पार्टी भित्र हिजोको भूमिगत अवस्थामा पनि यो गुट चलायमान नै  थियो I त्यस समयमा गुट संस्था, राष्ट्र र जनताहरुको हितको लागि एक भएर बैरीहरुको बिरुद्ध जाइलाग्न एक हुन्थियो भने सामुहिक निर्णय, व्यक्तिगत जिम्मेबारीलाई आत्मासाथ गर्दै एकले अर्काको मान-सम्मानमा आच आउन नदिने गरि कार्यहरु हुने गर्थे I त्यहि कार्य अनुरुप कार्य सम्पादन गर्दै जादा आज हामीहरु यो ठाउमा आईपुगेको छौ I कमुनिस्ट पार्टी भित्रको त्यो हिजोको फलामे अनुशासन, कार्यशैली, जिम्मेबारी, एकअर्को प्रतिको हार्दिकता, आदर सम्मान, सपोर्ट-सहयोग आदि आदि कुराहरुले नै एमाले हाल नेकपा सम्म आइपुग्न सफल  भएको हो I

(ख) गुट हिजो पनि थियो, गुट आज पनि छ , यो गुट भोलि पनि रहिरहन्छ तर यसका स्वरुपहरु भने समय र परिस्थिथि अनुसार फेरबदल भने भैरहन्छन I गुटलाई संस्थागत रुपमा संचालन गर्न सकियो भने गुट धेरै कामकाजीको पनि हुन सक्छ तर गुटलाई संस्थागत रुपबाट बाहिर लगि व्यक्तिगत रुपमा निहित स्वार्थका निमत्त  संचालन गर्न थालियो भने यसको कार्य अन्धो हुन्छ त्यसपछि त् यसले आफ्नो गुट बाहेकका कसैलाई पनि राम्रो ठान्दैन अनि सहि पनि मान्दैन I अब उ गुट भित्रको चै हुनु पर्यो चोर, फटाहा, अयोग्य, असक्षम जे होस् त्यसले केहि फरक पार्दैन् उ नेता, मन्त्रि, ठेकेदार, राजनीतिक नियुक्ति आदि सबैमा सर्बयोग्य ठहरिनेछ तर उ गुट भित्र चाही छैन भने जति सुकै गुणै-गुणले भरिपूर्ण भएता पनि उ योग्य ठहरिने छैन र उसको उभोगति होइन कि उसको उधोगतिको  भने निश्चित हुन्छ I

(ग)    गुट यो एउटा यस्तो ससक्त चिज हो यसलाई सहि ढंगले संचालन गर्न सकिएन भने यो आफैमा " काउछो " वा सो सरह हुन्छ, यसलाई यदी सहि ढंगबाट संचालन गर्न सकियो भने एउटा पार्टी भित्रको मात्र के कुरा सिंगो रास्ट्रमै यसले एक तरंग पैदा गर्न सिकाउछ त्यसैले यो गुट भन्ने कुरा सबैले सबै ठाउँमा संचालन गर्न सक्दैनन् I यसका पनि निश्चित दायराहरु हुन्छन जस्तो मलाई लाग्दछ तर हाल यो गुटलाई एउटा फेसनको रुपमा आफ्नो निहित स्वार्थ सिद्ध गर्ने केहि केहि कामचोर, गफाडी, डनगिरि, चाकडीबाज, अराजक आदिहरुले भने कुनै पनि स्थानमा आफुहरुलाई पुग्नका लागि यसलाई भर्याङका रुपमा नेताहरुलाई मिसयुज गरेको पाइन्छ भने नेताहरु पनि ति गलत् खाले कार्याकर्ताहरु संगसंगै मिसयुज भएको देखिन्छ I 

यस्ता खाले कु-हर्कतहरुले व्यक्तिगत रुपमा केहि केहि सडकेहरुलाई त् फाईदा भएकै होला तर एक निस्ठावान, सुयोग्य, कार्यसिल नेता-कार्यकर्ताहरुलाई भने यसले ठुलो नोक्सान पुर्याएको छ, तसर्थ बेलैमा नेतृत्वले पनि होस् पुर्याउदा राम्रो हुने थियो I

(घ)    यसको निकास – गुटलाई संस्थागत रुपमा चलायमान बनाउदा राम्रो हुने थियो, यसलाई व्यक्ति बिशेष रुपमा परिचालित नगरौ, गर्न पनि नदिउ I यसले सिंगो संस्था र राज्यलाई नै सम्बोधन गर्न सकोस I यसले कसैको गुणगान गर्ने र कसैको अपमान गर्न खोज्ने माध्यमका रुपमा यसलाई संचालन हुन नदिउ, यदि यसलाई बिधि, बिधान, पद्धती अनुरुप संस्थागत रुपबाटै अगाडी बढाए हामी सबैको जय कल्याण हुने देखिन्छ नत्र भने " माछो माछो भ्यागुताको "  ताल होला I   

   

"तर यहा यो यस्तो पटक्कै हुदैन किनभने ???? "

केहि केहि नेताहरुलाई भने म सबैभन्दा ठुलो, राम्रो, असल, सक्षम, गुणी आदि छु भन्ने घमण्ड, दम्भ देखिन्छ त्यसकारण यी सबै कुराहरु हो हो भनिदिने केहि दास, हनुमानहरु चाहिएको हुदा उहाहरु व्यक्ति पिच्छेका गुटहरु बनाउन थाल्नु भएको छ  I उता काम नपाएका आफ्नो योग्यता, क्षमता पनि नभएका केहि टपर टुइया, युटुबे, फेसबुके, कुण्डले, डन, दले, अनि केहि पैसावालहरु समयको पर्खाईमा भौतारिएका बेला च्याप्प त्यहि बेला नेताहरुलाई समाई गुटको दरो कार्याकर्ता भै टोपलेर आ-आफ्नो दुनो सोझ्याउँन उनीहरु अगाडी बढ्छन I त्यसपछि त नेता, कार्यकर्ता दुबैलाई हुने " दिन दुगुना – रात चौगुना " का साथ जिल्ला, प्रदेश, केन्द्र, साम्संद, मन्त्रि, एम्बेसडर, राजनीतिक नियुक्ति, ठेक्का, टेण्डर, आदि यी सबै बन्न पाउने उ योग्य हुन्छ र बन्छ पनि 

- अनि त्यसरी तानेर ल्याई बनाईएका ति कार्यकर्ताहरु बाट पार्टी र राष्ट्रले तिनीहरु बाट के आउटपुट पाउछन् त ? 

- अनि काम भएन पार्टी चलेन, सरकार बद्नाम भयो, भनेर मात्र हुन्छ र ? 

- हामीहरुले बिरुवा रोप्दै नाइटे ज्यामिर नै हो भनि थाहा पाएर रोपेका छौ, अनि आस चाही यसबाट सुन्तला फल्ला अनि खाउला भन्छौ भने यसमा दोषी को होला ? 

 

जबर्जस्त तानेर बनाईएका ति नेता वा कार्यकर्ताहरुले आफुहरुलाई सपोर्ट गरी तानेर ल्याउने नेताहरुको हनुमानगिरि नगरेर, दासत्व नस्वीकारेर के अनि तपाई-हामीहरुले भनेको चाही काम हुन्छ र ? तसर्थ नेता वा कार्यकर्ताहरु जसले जसरि जे गरे पनि व्यक्तिगत स्वार्थ हितका लागि ठिकै होला तर यस्ता हर्कतहरुले संस्था, रास्ट्र र जनताहरुका लागि भने हातलाग्यो सुन्य नै होला I

 

(ङ)    तसर्थ केहि गुट भित्रका आसे, पासे, हनुमान, दासहरुलाई त् ठीकै होला " नपाउनेले केरा पायो बोक्रै संग खायो " भने झैँ नै हुन्छ होला तर अब गुटमा नपर्नेहरुको लागि भने के सिङ्-जुरो पलाउन बाँकि रह्यो र ! उ हिजो जहाँ थियो उ आज पनि त्यहि    छ I उ संग योग्यता, क्षमता, दक्षता नभएर भने पटक्कै होइन उसमा कमि छ त् खाली उ कुनै गुटमा छैन, न दाजु, भाई, भान्जो, भतिजो, सालो आदि कसैको उ काहिँ केहि पर्दैन तसर्थ उसका लागि ति २०/३०/४० बर्ष कुर्नु भनेको ति ब्यर्थका दिनहरु हुन् I

 

अब भने अति भो सबैले आ-आफ्नो दम्भ, घमण्ड, कुण्ठा, अहम त्यागौ र सोझा, इमान्दार, सज्जन, योग्य, नेता- कार्यकर्ताहरुको पहिचान गरि योग्यता सक्ष्मता अनुसारको जिम्मेबारी प्रदान गरौ, हाम्राको होइन राम्राको कदर गर्न सिकौ, सबैजनाले पोजेटिभ सोच राख्ने कोसिश गरौ I सबै हाम्रा जति छन् राम्रा छन् I गुटका  कारण कसैको व्यक्तिगत जीवन खराब नगरौ I हामी जन्मिदा सबै नांगै आयौ र मर्दा पनि हामी सबै नांगै जाने छौ तसर्थ धन कमाउन पटि होइन अब मलामी बटुल्ने काममा लागौ, निहित स्वार्थमा बेरिएको गुटलाई परित्याग गरि सर्बोपरी मानिएको एकिकृत गुटलाई पार्टी, जनता र राष्ट्र अनि राष्ट्रियताको हितमा समर्पित गरि अगाडी बढाऔ I सबैका दुई-चार जना साथिभाइहरु रिसाउलान त्यसले केहि फरक पार्दैन पछि पछि सबै कुरा ठिक भएर आउछ I

 

      -  गुट त्यागौ – एक ढिक्का नेकपा बनौ 

-  अनि के नेतृत्वहरुबाट यी कार्यहरु गर्न यहाँहरु इक्छुक हुनुहुन्छ ?  

      -  के यो सन्दर्भमा उठाईएका कुराहरु तपाईहरुलाई ठिकै लागेको छ त् ? 

-  कि त् गफै त् हो नि ठुले भन्ने लागेको हो ?

                                                   

जहाँ जसलाई जे लागे पनि मैले कसैलाई बुझाउन खोजेको भने पटक्कै होइन, देखेका, भेटेका, लागेका, सुनेका यथार्थतालाई सबै समक्ष सेयर गर्न मात्र खोजेको हु I कुरा यति मात्र हो कि यसलाई कार्यान्वयन गर्न सक्दा हामी सबैको भलाई भने सुनिश्चित छ, होइन भने सबैको   " जय होस् "  " जय गुट "  

सम्बन्धित समाचार

Advertisement