दलित भएकै कारण पसलमा खाजा बिक्दैन् (एक सत्य घटनामा आधारित)

अनलाइन दर्पण 2020-06-10
img

  उज्जल धमला “बिबस”

धादिङ  : नाम सोध्दा सहजै श्यामबहादुर भनेका उनी त्यसपछि एकछिन अड्किएर । अलिक दबिएको स्वरमा बि.क. हो भने । शीरमा ढाका टोपी, मोटो चस्मा अनि सर्ट पाईन्टमा सजिएका उनको निलकण्ठ नगरपालिका वडा नम्बर-१२ मा एउटा सानो नास्ता पसल छ। अहिले लकडाउनमा त झनै सुनसान जस्तै छ । अहिले लकडाउन भएरमात्रै होईन, अरुबेला पनि ग्राहकको खडेरीजस्तै हुन्छ उनको पसलमा । वरपरका पसलमा भने घुँईचो नै हुन्छ । त्यसको एउटै कारण हो उनको जात । ‘म कामी नै हुँ भन्ने थाहा पाएका कति मान्छेहरु आँउदै आँउदैनन् । कति त यहाँ आईसकेपछि पनि फर्कन्छन् ।’-थर लुकाउनुको व्यथा श्यामबहादुरले सुनाए । उनले थपे,’त्यसैले सकेसम्म त मेरो जात भन्दिन् व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?’

उनको पसलको होर्डिङ बोर्डमा पनि प्रो. श्यामबहादुर मात्र छ । पसलेको जानकारी रहेको भिजिटिङ कार्डमा भने श्यामबहादुर बस्नेत छ । हामी बस्नेतबाट खसेर बिक भएका हौं । उनले आफ्नो थरबारे जानकारी दिए । मेरो ससुराली चाहीँ ठकुरीबाट बिक भएका हुन्। उनका पितापुर्खा कहिले बस्नेतबाट बिक भएका उनलाई थाहा नै छैन् । तर बिक हुनुको अपमान, तिरस्कार र घृणा भने उनले पाईलैपिच्छे भोगिरहेका छन् । आफ्नो बाँकी जीवन त जसोतसो काटिनेमा उनी ढुक्क छन् तर छोराछोरी र नातीनातिनालाई भेदभाव भोग्नु नपरोस् भन्ने चाहन्छन् । तर, उनलाई विश्वास छैन । त्यो चाहना पूरा हुन्छ भन्ने समाजले अझै समान व्यवहार गर्दैन् । खोइ के भनुम श्यामबहादुर बोल्दै भक्कानिए । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १४ बर्ष पुगेको भोलिपल्ट नै श्यामबहादुरले आफ्नै कथा सुनाउँदै थिए–‘समाज परिवर्तन भयो भनियो, तर दलित भएकै कारण श्यामबहादुरले भोगेका अथाह पीडाले कहिल्यै राज्यं सञ्चालन गर्नेहरुलाई छोएन। छिमेकीहरुले सम्मान हैसियत कायम गरिएको भए आज पश्चिम रुकुमका नवराजहरुको हत्या हुँदैनथ्यो । यो घटनाले मेरो मन खुब रोएको छ । मैले जीवनभर भेदभाव सहें । अब त मान्छेले मान्छेलाई प्रेम गर्दा हत्यासमेत गर्न थालिसके के भनुम ? के भनुम हुन्छ मलाई ?’ यत्ति भन्दैगर्दा श्यामबहादुरको गला अवरुद्ध भयो ।

रुकुम पश्चिमको घटनाले उनलाई मात्र होइन समाजका हरेक तहका ब्यक्तिहरुलाई झस्काएको छ । सरकार खासगरी उपल्लो तहले पनि ध्यान दिएजस्तो गरेको छ । तर, पाईला पाईलामा श्यामबहादुरले भोग्नुपर्ने भेदभाव र अपमानले धेरैलाई छुँदैन्। जातकै कारण श्यामबहादुरहरुले भोगेका पीडाहरु बाहिर आँउदैनन् । आएपनि सबैलाई सामान्य लाग्न थालेको छ । ।उनी आफै पनि भन्छन्–‘म आफु कसैलाई भेदभाब गर्दिन,अरुले गर्छन् भने केही छैन कम्तिमा मार्न आएका छैनन्।’ बरु, भेदभाव त गरेका हुन् नि भनेर चित्त बुझाउनुपर्ने बेला आएको उनले बताए ।

श्यामबहादुरले ४५ बर्ष भारतमा बिताए । त्यहाँ उनले भाँडा माँझ्ने र समान बेच्ने काम गरे । तर त्यहाँ भेदभाब सहनुपर्थेन् । नेपालबाटै गएका गैरदलित दौँतरीहरुले पनि संगै खान्थे । जब नेपाल आए । धादिङको बाल्यकालबारे उनले मलाई यसरी स्मरण गराए,सानो हुँदा आफुले छोएको अरुले नखाएको कथित उपल्लो जात भनिएकाको घरमा छिर्न नपाएको आफुले छोएको सामान सुनपानी छर्केर घरभित्र लगेकोजस्ता तिता यादहरु उनले अझै बिर्सिएको छैनन्। अहिले पनि लगभग त्यस्तै छ । नयाँ पुस्ताले त खासै भेदभाब गर्दैनन् । पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन् । उनले आफ्नो भोगाई सुनाए। अर्को सन्तान भारतमै हुर्किए त्यहाँ कहिल्यै तल्लो स्तरको व्यवहार उनले भोग्नुपरेन् । तर, नेपाल आएपछि छिमेकीले नै तर्कने र छोएको खान नमान्ने गरे । हामी तल्लो जातका हौं भनेर छोराछोरीलाई बुझाउन नसकेको र उनीहरुले कति नराम्रो मान्थे तर म एक्लैले के पो गर्न सक्छु र ? उनी भन्छन् बुबा यही मरे मेरो शरीर पनि यहीँ मरोस् जस्तो लाग्यो त्यसैले अपमान सहेर भएतापनि बाँचुला भनेर नेपाल आएँ । यति भन्दै गदा उनका आँखा रसाईसकेका थिए।

नास्ता पसलको नजिकै मासु पसल छ । पकाएको खानेकुरा खान त वरपरका मान्छेहरु आँउदैनन् नै । काँचो मासु लिनपनि आँउदैनन् गाँउका ठालु र बुद्धिजीवी भनिएकाहरुपनी बोलीमा भेदभाब नभएझै गर्छन् तर ब्यबहारमा त्यो देखिन्न । खाजा खाने र मासु लिने बेला अरुकै पसलमा जान्छन्। त्यतिबेला श्यामबहादुरको मन दुखेको हुन्छ । यद्धपी उनी कहिल्यै केही भन्दैनन् । उनको पसलमा त मासु लिन पनि सबै आफ्नै जातकामात्रै आउने गरेको सुनाए । उनले थपे,’अरु आँउदैनन् ठिकै छ,आउनेलाई स्वागत गर्छु ।’ कतिसम्म भने लकडाउनमा अलपत्र परेकालाई निःशुल्क खाना खुवाउने उनको योजनामा अबरोध सिर्जना गरियो । उनी भन्छन्-‘बाटोमा अलपत्र परेकाहरुलाई खाना खुवाउन खोज्दा पनि मलाई लौरो लिएर खेद्न आए ।’ नेपाल छुवाछूत मुक्त घोषणा भएको संविधानको प्रस्तबनामै जातीय भेदभाब गर्न नपाईने उल्लेख गरिएको जातीय भेदभाब तथा छुवाछूत (कसुर तथा सजाय) ऐन-२०६८ आएको पनी श्यामबहादुरलाई थाहै । उनको पसलमा नास्ता भैसकेपछि उनलाई सोधियो,तँपाई त नेता पनी हुनुहुँदोरहेछ,।छुवाछुत कसरी अन्त्य होला,?एकछिनको मौनतापछी श्यामबहादुरले दिएको जवाफ यस्तो थियो-“मान्छेले मान्छेलाई प्रेम गर्न सिकाउनुपर्छ भेदभाव आफैं हराएर जान्छ ।”

सम्बन्धित समाचार

Advertisement