काे हुन् चाणक्य ?
हिन्दु धर्मशास्त्रले भगवान श्रीकृष्ण इशा पूर्व ३१३८ मा यस पृथ्वीमा अवतरित हुनु भएको प्रमाणित गर्दछ।
त्यही समयमा नै आर्यावर्तमा मगध हालको (पटना)एक शक्तिशाली राज्य थियो ।त्यसै समय त्यहाँ जरासन्ध राज्य गर्दथे।उनैको वंशमा एक ऐयासी महापद्मानन्द राजा हुदा उनी सुरा सुन्दरीको कुलतमा फसिरहदा युनानी राजा सिकन्दरले भारत वर्षमा आँखा लगाएकाले भारत वर्ष कसैको अधिनमा बस्नु नपरोस् भनी राज्य सल्लाहकार चणक नामका (व्राह्मण) विद्वानले राजालाई सुझाव दिँदा चणकलाई नै मृत्युदण्ड दिइयो।यिनै राष्ट्रभक्त राजभक्त ब्राम्हण चणकका सुपुत्र हुन् आचार्य चाणक्य।राष्ट्रभक्ति,सत्य,न्याय,कुटनीति,प्रशासन साथै राजनीनिशास्त्रका आदिका विशिष्ट योगफल हुन् आचार्य चाणक्य यिनलाई विष्णुगुप्त वा कौटिल्य पनि भन्ने गरिन्छ।
यस्ता मूर्धन्य व्यक्तित्व चाणक्य त्याग तपस्या र दृढसङ्कल्पका उदाहरण हुन्।आफू छाप्रामा बसी अज्ञात चन्द्रगुप्तलाई समस्त भारत वर्षको चक्रवर्ति राजा बनाइदिने यिनै व्यक्तिको राज्यसञ्चालन, जीवननिर्वाह तथा जीवनसफलताको सूत्र नै चाणक्य नीति वा कौटिल्य नीति हो। दुई सहस्राब्दी बिति सक्दा उनको यो नीति आजसम्म पनि उत्तिकै सान्दर्भिक छ।
चाणक्यका जीवन उपयाेगी भनाइहरु
- ज्ञानभन्दा ठूलो अर्को कुनै गुरु हुँदैन ।
- अधिक लोभ अधिपतनको कारण हो ।
- धनरहित हुँदैमा कसैलाई पनि निर्धन मान्न सकिँदैन ।
- ;सुन्दर रुप, तरुण अवस्था र मधुरता यी तीन रुप नारी जातिको ठूलो बल हो ।
- आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।