सम्माननिय प्रधानमन्त्री ज्यू
२०७६/०१/०८
जनतालार्इ सहजरुपले उपचारको ब्यवस्था गरार्इ दिने बारे
नेपालमा सवैको एक अस्पताल हो विर अस्पताल जस्मा उपचार गराउदा चेक हुन्छ । तर मेसिनहरु चाहि हुँदैनन् । फिस्टुलो ग्राफीको एक जना नाम नभन्ने सर्तमा भन्छन् चेक भयो तर एक्सरे गर्न कँहा जाने भन्ने कुरामा अलमल परे तर उनी चाहीँ काठमाण्डौँमा बस्दै आएकोले चेक त गराउलान् तर सर्वसाधरणको लागी यो भने निकै कष्टकर कुरा हो ।
सम्माननीय प्रधानमन्त्री ज्यू हजुरले जुन कुरा भन्नु हुन्छ, तर लागु कसरी भयो भनी चित्त बुझाउनु जहाँ गए पनि हजुर लाइन् बस्यो दुर्इ बज्छ अनि कर्माचारी भन्छन् हाम्रो खाजा खाने समय अनि उतै उतै हराउछन् कर्मचारी खै सरकार तिनलार्इ कार्वाही ? आवाज त निकाल्न दिनुहोस् तर सरकारको टाउकोमा टेक्ने गरी भने होर्इन । सरकार जनताले अनुभुति गर्ने गरी हो । जनताको नाममा अराजकतिर होइन सकरात्मक उर्जा थप्ने गरी काम गर्नुहोस् सम्माननीय प्रधानमन्त्री ज्यू तपार्इको गफ सुन्दा त देशले निकास पाउला जस्तै देखिन्छ । तर हजुर एक पल्ट नेपोलएनले साधरण भेषमा छट्के चेक गरे जसरी एक पटक साधरण पोषाकमा छट्के चेक गर्ने हिम्मत गर्नुहोस् अनि कस्तो भनुभूति गर्नुहुन्छ । नेपाल कसरी सम्बृद्ध बन्छ ? एउटा बिर अस्पतालको कुरा मात्र छैन प्रत्येक सरकारी कार्यलयमा अचम्म छ । महासय हो देश कसरी बन्छ ? देश त झनै अराजकतिर जान्छ भन्ने आशय छ नेपाली प्रजामा । हजुरको नारा नारामै सिमित हुने समयको बर्बादी,लगानीको खेर,आसाको विनास,वातावरणको खरावी, जनताको आँखामा कसिङ्गर नभर्इएला ? यस्तो स्वास्थ्यको विषय छ कि जसले जुम्ला,कालिकोट अनि इलाम र सुदुरपस्चिमबाट आउने जनताको हालत काठमाण्डौको बसाइले के हुन्छ ? जनताले ठुलो आसा गरेका छैनन् सरकारले जनताको घरको भात पकाइदिनु पर्छ भन्ने पनि होइन । तर नीति र नियम बन्न समय लाग्ने भए एउटा विर अस्पतालको चालिस पचास लाख पर्ने फिष्टुलो ग्राफि एक्सरे मेसिन त किन्न लागाइ दिनुहोस् । सरकार हजुरको स्वास्थ्य मन्त्रीलार्इ यति एउटा काम गर्दा खटपट त हुँदैन होला नि हजुर कि यो मेसिन खरीद गर्दा पनि नीति त चाहिदैन होला । महाशय यो त हजुरले हुकुमी शासन लगाए हुन्छ । किनकी जनताको पक्षमा काम गर्दा यो देशमा हुकुमी शासन नै चाहिने नै हो ।
भनिन्छ नि अधिकार भनेको छ्याङ्गै हो तर नाङ्गै होइन भन्ने जसरी अधिकारको नाममा भएका विकृतिहरुको अन्त्य पनि हो । त्यसैले सरकार जनताको सहजताको लागी एक पटक हिम्मत गर्नुहोस् कि कम्युनिष्टको सरकार यहि हो भन्ने गरी कार्य भएको । सरकार एउटा मात्र होइन यहाँ तिन तिन वटा निकाय छन्, नेपालमा अहिले त संघीय, प्रदेश, र स्थानिय । खोर्इ त एउटा पनि निकाएको नजर परेको ? जनता दिनहुँ अस्पतालमा छट्पटाइ रहँदा तपार्इ चाहीँ साँच्चिकै गफ दिनुहुन्छ ।
अव जनता निजि क्लिनिक जाने त कसरी ? खोइ त रोजगारीको ब्यवस्था, अनि जनताले विस्वास गर्ने आधार के हो ? जनताको अति आवस्यक स्वास्थ्य, शिक्षामा त अलि कति ध्यान जाओस् सरकार एक पटक मिल्छ भने विर अस्पतालको प्रशासनको कम्जोरी के हो बोलाएर बुझ्दा कसो होला ? सरकारले आफ्नो कार्य अगाडि बढेको दाबि गर्दै गर्दा एउटा सरकारी अस्पतालको हालत,अनि शौचालयको ब्यवस्थापन बाटै कुरो बुझ्न सकिन्छ । सरकार कति चलायमान छ कि त यस्मा पनि कतै कमिसनको खेलले गर्दा जनता मर्कामा परे की ?
लेखक
पुर्व अखिल क्रान्तिकारी केन्द्रिय समिति सचिवालय सदस्य
लिलाराम न्यौपाने
हाल बानेश्वर काठमाण्डौ