पार्टि एकता घाेल, कि मिश्रण ?

अनलाइन दर्पण 2018-04-25
img

  कालीबहादुर मल्ल

संघ र प्रदेशकाे निर्वाचन मिति संगै नजिएकाे बाम एकता काे तिथि निर्वाचन सम्पन्न भएकाे ६ महिनासम्म पनि जुरेन सबैतिर चासाे र चिन्ता काे विषय बनेकाेछ।त्यति बेलै प्राविधिक कारण ले राेकिएकाे एकता चुनाव लगत्तै हुनु पर्ने हाे तर हुन सकेन।याे विषयमा जिज्ञासा जाग्नु स्वाभाविक हाे,किन भने नेपालमा झणडै ७०%जनता कम्युनिस्ट बिचारमा अास्था राख्छन र यिनै जनता,समर्थक र कार्यकर्ता कम्युनिस्ट एकता चाहेकाछन।

अाज यहि जन पंक्ति एकता ढिलाई ले चिन्तित छन र सशंकित पनिछन्।तर यता नेतृत्व तहका साथिहरु का पछिल्ला भनाई खास गरि नेपाली राजनितिमा अाएका परिवर्तन र यसकाे जननि वारे हेर्ने दृष्टिकोणमा अाएकाे अन्तरले केही असहज जस्ताे देखिएकाे छ।विशेषगरी नेपालमा जनयुद्ध दस बर्ष चल्याे,जनयुद्ध ले नेपाली पुरमनाे सत्ताकाे जग पुर्ण रुपले हल्लायाे,१२बुदे समझदारी गरायाे,जन अान्दाेलन काे व्यापक अाधार निर्माण गर्याे।जन युद्धमा जन अान्दाेन समाहित भयाे र सामान्य जस्ताे लाग्ने इतिहासमा धेरै कम हुने घटना संसदकाे पुनर बहालि गरायाे।संविधानसभा काे चुनाव संभव बनायाे,संविधान नयाँ अायाे र संविधान काे पहिलाे भाग कृयान्वयन पनि संभव भयाे।

याे सबैको जननि माअावादी र त्यसकाे नेतृत्व क प्रचण्ड हाे अरु सबै”सुत्केरि “बेथाकाे बेलाका धाई र सुसारे अथवा चिकित्सक -नर्स हुन भन्दा बढि हुहुदैन।याे कुरा जस्ताकाे तस्तै बुझ्दा एकता सजिलाे हुन्छ।तर यहि विषय अलि जटिल बनेकाे छ।जहाँसम्म एकता काे शैद्धातिक पक्ष छ त्याे सामान्य विज्ञान ले भनेकाे कुरा हाे कि समान गुण भएका बस्तु रुपमा जति धेरै देखिए पनि सारमा एउटै हुन।जस्तै सुन वा पितल वा अन्य धातु का गहना बाला ,अाैंठि,बुलाकि,फुलि,तिलहरि जे भए पनि अागाेमा हालेर गलायाे भने एउटै हुन पुग्छन् जाे फरक गुण भएका जुट्न सक्दैन बरु फरक धातुमा देखा पर्लान।यहाँ कम्युनिस्ट पार्टिकाे एकता काे कुरा छ।कम्युनिस्ट अर्थात समाजमा अामुल परिवर्तन र निरन्तर परिवर्तनका पक्षधर ।

त्यसकाे पथ प्रदर्शक शिद्धान्तका रुपमा मा ले मा वाद लाई मान्ने,श्रमजिवि बर्गकाे सत्ता र अधिनायकत्व स्विकार गर्ने कम्युनिस्ट हाे।”विश्वका मजदुर एक हाेउँ”भन्ने महान उद्घाेष सहित कम्युनिस्ट पार्टि(मजदुर संगठन)गठन भयाे।नेपालमा यहि नारा का अाधारमा २००६सालमा ने क पा काे गठन भए पनि नेपाली समाजकाे बनाेट र विभिन्न अन्तरविराेका कारण दर्जनाैं टुक्रा का कम्युनिस्ट भए।विश्व कम्युनिस्ट अान्दोलन मा चलेकाे बहस र फुटकाे प्रभाव पनि नेपालमा पर्याे।रुसकाे अवस्था एक प्रकार थियाे त्यहाँ विशेष गरि वाेल्सेविक र मेन्सेविक गरि दुई पार्टि रहे,चिनकाे सामाजिक बनाेट फरक थियाे त्यहा अन्तर संघर्ष चले पनि पार्टि फुटेन तर नेपालमा सामाजिक बनाेट जस्ताे थियाे त्यस्तै टुक्रा का कम्युनिस्ट पार्टि रहे अद्यावधिक कायमछन्।

यिनै दर्जनाैं चिराका कम्युनिस्ट पार्टि जाेड्नु अाजकाे अावश्यक्ता हाे र संभावना पनि छ।याे कामकाे थालनि क प्रचण्ड नेतृत्वमा अाए पछि २०४६देखि सुरु भयाे जसमा केही समूह एक भए।र पछिल्लाे चरणमा केही समूह अरु पनि देखा परे।जे भए पनि सबै एक ठाउँ जुट्नु अनिवार्य छ चुनाैति पनि छन्।खास गरि तेस्राे महाधिवेशन पछि अलग -अलग धार निर्माण गरि फरक अभ्यास गरेका समुहहरु अा अाफ्नाे स्वत्व सहित हुन्छन् यहि स्वत्व समाप्त पारि कम्युनिस्ट स्वत्व निर्माण गर्ने एकता का चुनाैति हुन्।

दशकाैं सम्म कार्यदिशामा अल्झिएकाे ने क पा काे एउटा पार्टि अाफैले कार्यदिशा निर्माण गरि जनयुद्धकाे बाटाेमा हिड्याे भने अर्काे पार्टी २०२८ मा उठाएकाे बन्दुक र त्यसकाे असफलताकाे समीक्षा सहित शान्तिपूर्ण बाटाे बाट संसदीय अभ्यास गर्दै अायाे।यी भिन्न पथका यात्रि एक पथमा हिड्न केही अपठ्यारै हुन्छ।

तर संभव र अावश्यक दुबै छ।याे दुबै पार्टिले दुबै बाटाे काे ठिक ठिक ,सहि र सकारात्मक निचाेड निकाल्नु पर्छ साथै भावि लक्ष्यका समानता अाउनु पर्छ ,तेस्राे भनेकाे भाैतिक शक्तिकाे रुपमा रहेकाे संगठन र मुख्य प्रश्न नेतृत्व काे ,यसकाे पनि उचित हल निकाल्नु पर्छ किन भने कम्युनिस्ट नेतृत्व भनेकाे बिचारकाे नेतृत्व हाे बुर्जुवा जस्ताे बहुमतकाे अाधारमा चुनियाेस।यति बेला दुई पार्टीका शिर्ष नेताहरु मध्य सत्ता र संगठन द्वारा हल गर्नु पर्छ।यसमा दुई दुई घण्टे अध्यक्ष वा ३,३ महिने प्रधानमन्त्री काे बाडफाठ गरेर निर्णय क्षमता मा अाैला ठड्याउन दिनु हुदैन। 

बाकि अन्य नेताहरुकाे पनि समानता लाई मुख्य बनाई सम्ममनजक र न्यायाेचित हुनु पर्छ।अन्तमा हामी समान गुण भएका दुई भिन्न रुपलाई एक ठाउँ जाेड्दै छाैं भनेकाे घाेल(compound )हाे तर त्याे मिस्रण (mixture )हाेईन।अाजका मिति सम्म बाम गठबन्धन अर्थात मिस्रण(mixture )हाे अलग गर्न सकिन्छ।पार्टि एकता गरेपछि त्याे घाेल अर्थात(compound )हुनेछ जाे अलग गर्न कठिन हुन्छ।mixture मै राख्ने वा compound )रसायनशास्त्री नेताहरुमा भर पर्नेछ भन्दा फरक पर्छ कि?

सम्बन्धित समाचार