मार्क्सवादी दर्शन र नेपाली समाज

अनलाइन दर्पण 2018-02-09
img

      ई.कविराम थापा

मानिसको चेतनाको एउटा रुप दर्शनशास्त्र हो । यो दर्शन एउटा जगतको विषयवोध गर्ने मानव प्रयास हो । भौगोलिक,सामाजिक ,आर्थिक र सांस्कृतिक परिवेशको आधारमा दर्शनको विकास र प्रस्फुटन हुन्छ । त्यसैले यसलाई युगको उच्चतम वौद्धिक सारतत्व हो ।

दर्शन के हो ?

  • “दर्शन सत्य सम्वन्धी दृष्टिकोण (vision of truth) हो ।”-प्लेटो
  • “दर्शनशास्त्र विज्ञान र धर्मशास्त्र बीचको विषय हो ।”-ब्रट्राण्ड रसेल
  • “दर्शनशास्त्र जगतको विषयवोध गर्ने मानव प्रयाश हो ।”-स.राधाकृष्णन्
  • “दर्शनशास्त्र चिन्तन पद्दति मात्र नभै जीवन पद्दति पनि हो ।” -हिरियन्ना
  • “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ ।”-मोरिस कन्फोर्थ
  • “हरेक सच्चा दर्शन आनो युगको उच्चतम बौद्धिक सारतत्व हो ।”-कार्ल मार्क्स

यो एउटा जिवन र जगतलाई हेर्ने,बुझ्ने,ब्याख्या गर्ने र सोहि अनुरुपको एउटा सिद्धान्तको विकास गरि जगतलाइ विकास गर्ने कडिको रुपमा लिन सकिन्छ । कुनै पनि सश्लेषण र सम्वादको निर्माण हुनको निम्ति वाद र प्रतिवादको आवस्यकता पर्दछ । यो एउटा मानिसको विश्वदृष्टिकोणका साथै प्रकृति,जिवन,समाज र चिन्तनका चालकका नियमहरुको विज्ञान हो । जब मानिसको जिवन र जगतको सम्बन्धमा तार्किक चिन्तन र ब्याख्या गर्न थाल्यो तब दर्शनको उदय भयो ।

शुरुशुरुमा  धार्मिक दार्शनिकहरुले जगतको र मानिसको उत्पत्ति पनि धर्मबाटै भएको बिचार ब्यक्त गर्दथे भने त्यसपछिका दार्शनिकहरु प्लेटो,पाइथागोरस,एरिस्टोटलले केहि वैज्ञानिक आधारहरु प्रस्तुत गर्न थालेका थिए । पछि बिस्तारै समाजको विकास र साधनस्रोत माथि केहि ठालुहरुको कब्जाबाट समाज बिस्तारै दासत्वमा परिणत हुदै गयो र सामन्तवादको पनि संगसंगै विकास हुदै गयो । समाजमा क्रमिक रुपमा वर्गहरुको उदय हुदै गयो । जसले गर्दा समाजमा उत्पादक शक्तिको विकासमा एउटा वर्गलाई लगाइँन्थ्यो भने फाइदा अर्कै वर्गले लिन्थ्यो । उत्पादक शक्तिको विकास बिस्तारै अतिरिक्त उत्पादन समेत हुनथाल्यो तब समाजका एकथरि मानिसहरु उत्पादन कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुन छाडे र आफु संचालक भएर अरु मार्फत उत्पादन कार्य गराई त्यसको उपभोग गर्न थाले । यसै कारण स्वरुप विश्वका विभिन्न ठाउमा सामाजिक रुपि दर्शनको विकास हुन थाल्यो र विशेष युरोपमा समाजवादि विचारको बहश र विकास हुन थाल्यो । लगभग उन्नाइसौं शताब्दिको आधाआधिमा त्यहाको परिवेश र जर्मन दार्शनिक फेडरिच हेगेल (AUGUST 27-1770-NOVEMBER 14-1831) को बिचारबाट प्रभावित भएर माक्र्सवादि दर्शनको शुरुवात भयो ।

मार्क्सवादी दर्शन

कार्ल माक्र्सको जन्म सन् 5 May 1818 मा जर्मनको मध्यम बर्गिय परिवारमा भएको थियो, यिनी यस्ता ब्यक्ति थिए की एघारौं शताब्दि देखि हालसम्मका सर्बाधिक चर्चित ब्यक्तित्व हुन । उनले आनो किशोरावस्था बेलायतमा एंगेल्ससंग बसेर आनो बिचारलाई बिकसित गरेका थिए । यि दुबैजना हेगेलियन दर्शनबाट प्रभावित थिए । यि दुबैजना मिलेर सन् 1848 मा “Communist Manifesto “ निकाले जसले गर्दा विश्वभरि नै एक प्रकारको वौद्धिक,आर्थिक र राजनितिक इतिहासमा एक किसिमको तरंग पैदा ग¥यो ।

यो नै विश्वलाई सर्वाधिक प्रभावित गर्ने राजनितिक दस्ताबेज बन्यो । यसले समाजमा भएको वर्गसंघर्ष,पुजिवादको समस्या,पुजिवादि उत्पादन प्रणाली र तिनको बितरण अनि यहि परिवेशबाट सिर्जित वर्ग र वर्गसंघर्षबाट समाजवादि समाजको निर्माण स्थापित हुन्छ भन्ने सार प्रस्तुत गरेका छन । यसले विश्वमा छरिएर रहेका दार्शनिकहरुलाई एकमुष्ठ एउटै बहशमा ल्यायो । यी लगायत उनको व्दन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद जसले समाजमा भएका पदार्थको परिबर्तन र उत्पादन प्रणाली जुन उत्पादन शक्ति अनि उत्पादन सम्बन्धका कारण देशको सामाजिक बनोट तयार गर्दछ ।

द्वन्द्वात्मक भौतिकवाद :

  • “द्वन्द्ववाद सार्वभौम अन्तर्सम्वन्धको विज्ञान हो ।”-एंगेल्स 
  • “द्वन्द्ववाद बिपरित तत्वहरूको एकताको सिद्धान्त हो ।”-लेनिन

व्दन्द्धात्मक भौतिकवाद जिवन र जगतलाई व्दन्दवादि ढंगले हेर्ने,बुझ्ने,ब्याख्या गर्ने र संसार परिबर्तनका निम्ति बाटो देखाउने भौतिकवादि दर्शन हो । यो प्रकृति,जीवन,समाज र चिन्तनको संचालन र विकासका अति सामान्य एवम् चालक नियमहरुको व्दन्दवादी ढंगले अध्ययन गर्ने विज्ञान एवम् पद्धति हो । व्दन्दवादको विकासमा मुख्य तीनवटा चरण रहेका छन् , जसलाई तलको चार्टमा राखेर हेर्न सकिन्छ :

व्दन्द्धात्मक चरित्र प्रतिनिधि चिन्तक समयावधि
प्राचिनकालको स्वतःस्फुर्त भौतिकवादी व्दन्दवाद । लाओत्से,अनेक्सिमेन्डर,एरिस्टोटल आदि । ईशापुर्व छैटौं देखि चौथो शताब्दिसम्म
भाववादि व्दन्दवाद काउन्ट,फिक्टे,हेगेल आदि अठारौं,उन्नईसौं शताब्दी
बैज्ञानिक भौतिकवादी व्दन्दवाद माक्र्स,एंगेल्स,लेनिन आदि उन्नाईसौ,बिसौं शताब्दी

भौतिक पदार्थको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु,घटना र घटना प्रकृयाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण÷आधार मान्ने दर्शन । द्वन्द्ववाद भनेको संसारका सवै वस्तु (जैविक वा अजैविक), घटना र घटना प्रकृया निरन्तर गतिमा र परिवर्तनको प्रकृयामा हुन्छन् भनेर व्याख्या गर्ने दर्शन हो ।

द्वन्द्ववादका मूल नियमहरुको संक्षेपी :

प्रतिपक्षको एकता र संघर्षको नियम मात्रात्मक परिबर्तन र गुणात्मक रुपान्तरणको नियम निषेधको निषेध नियम
परमाणुमा धनात्मक र ऋणात्मक बिद्युत धारा हुन्छ । पानी ०ं मा बरफ हुन्छ र  १००ं मा बाफ बन्दछ । हाइड्रोजन र अक्सिजनलाइ निषेध गरेर पानी बन्दछ ।
चुम्बकमा उत्तरी र दक्षिणी ध्रुव हुन्छन् । सामाजिक अन्तर्बिरोधहरुको बृद्धिले समाजमा रुपान्तरण वा परिबर्तन हुन्छ । पुरानो समाजलाइ निषेध गरेर नयां समाज बन्दछ ।

सहायक नियमहरु, ती निम्न प्रकार छन् :

१) आम र विशेष 

वस्तु वा घटनाहरुको साझा लक्षण तथा चरित्रको समुच्चय आम वा समष्टि हो भने बस्तु वा घटनाको पृथक वा विशिष्ट लक्षण एवं चरित्र  विशेष वा व्यष्टि हो । 

२) कारण र कार्य 

  कुनै खास घटनाको आधारका रुपमा रहेको घटना वा घटना समूह कारण हो भने त्यस कारणको असरले उत्पन्न हुने घटना कार्य हो । 

  कारणविना कार्य हुदैन । 

३) सार र रूप 

वस्तु वा घटनाका आन्तरिक तत्व या संघटक अंग र प्रकृयाहरुको समुच्चय सार हो भने सारको संगठन वा संरचना रुप हो । 

४) अन्तर्वस्तु र दृश्यरुप 

  अन्र्तबस्तु वा घटनाको आन्तरिक एवं आधारभूत र अपेक्षाकृत स्थिर पक्ष अन्तर्बस्तु वा स्वत्व हो भने स्वत्वको बाहिरी वा प्रकट रुप दृश्यरुप हो अन्तर्बस्तु र दृश्यरुप ।

५) सम्भावना र वास्तविकता 

 सम्भावना व्यवहारमा लागु भएपछि बास्तविकता हुन्छ ।

  भ्रूणबाट बच्चा जन्मन सक्ने सक्भावना हुन्छ भने बच्चा जन्मिसकेपछि मात्रै वास्तविकता हुन्छ । 

६) नियमितता र आकस्मिकता 

पदार्थको गतिका नियमको आधारमा निश्चित समय र प्रकृयामा घटना घट्नु अनिवार्यता हो भने अनिश्चित रुपले अचानक कुनै घटना घट्नु आकस्मिकता हो । 

वर्षा हुनु र लगाएको बाली तयार हुनु नियमितता  हो भने असिनाले बालि नष्ट गर्नु आकस्मिकता हो । 

नेपाली समाजको ऐतिहासिक भौतिकवादी :

हामीले नेपाली समाजको ऐतिहासिक भौतिकवादी अध्ययन गर्नु भनेको नेपाली समाजलाई उत्पादन प्रक्रियाको ऐतिहासिकमा  बुभ्mनु हो । आजको नेपाली समाज कस्तो उत्पादन प्रणालीबाट यहा सम्म आइपुगेको हो ? आज कस्तो अवस्थामा छ र कता जान्छ वा जानुपर्छ भन्ने कुरा यसको विषयवस्तु हो । यो भु—भागमा सबैभन्दा पहिले को आयो भन्ने कुरा किटानी गर्न गा¥हो छ । किनकि नेपालका अहिलेका वासिन्दाहरुको इतिहास भन्दा पहिले पनि यो भु—भाग भएर धेरै मानव समूहहरु आहोरदोहोर गरेको अनुमान छ ।

प्रागइतिहास : 

किरातहरु करीव ५३०० वर्ष अगाडिबाट नेपालमा प्रवेश गरेका थिए, विभिन्न वंशावली र पुराण र मिथकहरुका अनुसार तिनीहरुले गोपालवंशीलाई पराजित गरी राज्य चलाए किरातहरु नेपाल आउदा कै हाराहारीमा जनकपुरमा सभ्यताको विकास भइरहेको थियो । लुम्विनी आसपासमा शाक्य र कोलीयहरु वसोवास गर्दथे । पश्चिममा खसहरु थिए । यहँ आएका ती सबै समुदायहरु एकै पटक आएका थिएनन्, बरु पटक पटक आएका थिए । गोपालहरु पशुपालक थिए भने किरँतहरु यहा आउदा धनुषधारी थिए । किरांतहरुले  पशुपालन र खेति गर्नथाले र ईशा पूर्वछैठौं सताब्दीतिर आएपछि राज्यको जग बसाले । उनिहरुले आना कतिपय उत्पादनहरु पाटलीपुत्रसम्म विक्री गरेको पाइनाले त्यसैवेलादेखि यहांको समाज स्पष्ट रुपमा वर्गमा विभाजित भयो भन्न सकिन्छ । 

प्राचिनकाल : 

दक्षिणतिरबाट आएका लिच्छवीहरुले दोश्रो शताब्दीतिर किरांतहरुलाई धपाएर काठमाण्डौमा आनो प्रभाव जमाए । लिच्छवीहरुले  कृषि तथा हस्तकलालाई अझ विकास गरे, उत्पादन बढ्यो,कर्मचारीतन्त्र विकसित हुन थाल्यो । किरँंतकाल र लिच्छवीकालसम्म पनि धार्मिक कट्टरता थिएन । बुद्धधर्म पैmलदै थियो । लिच्छवीहरुले हिन्दू धर्म लिएर आएका थिए । तर पाचौं शताब्दीमा लिच्छवी राजाले हिन्दू धर्म अगालेपछि नेपालमा वर्ण व्यवस्थाले प्रवेश पाएको मानिन्छ । मानदेव प्रथमको पालामा चांगुनारायण मन्दीर र मानगृहको निर्माण, ठूला यज्ञहरुको आयोजना र राज्य विस्तालाई हेर्दा उत्पादनको विस्तार भएको देखिन्छ । मल्लकालमा भारत र तिब्बतको व्यापार काठमाण्डौंबाट हुनथालेपछि यहँंको आर्थिक विकास असाधारण रुपले बढ्यो । काठमाडौंमा भाडाको काम गर्ने, काठको काम गर्ने, माटाको काम गर्ने, तामा, फलाम, सुनका सामान बनाउने लगायत अनेक काम गर्ने गरी श्रमको विभाजन भयो ।

मध्यकाल :

मन्दीर, पौवा, मूर्ति आदिको निर्माण तीब्र भयो । अनेकौं जात्राहरुको आयोजना गर्न थ।लियो । हिन्दू वर्णाश्रम व्यवस्थालाई अनिवार्य जस्तै बनाइयो तर यसै कालदेखि मुसलमानहरु पनि यहा स्थायी रुपले बसोबास गर्नथालेका थिए । खस साम्राज्य टुक्रिदै गएर पश्चिम नेपाल ५० भन्दा वढी भुरेटाकुरे बने भने काठमाण्डौंको मल्लराज्य तीन टुक्रा भयो । सेनवंशी राज्य पनि टुक्रिएर पाल्पा, मकवानपुर र विजयपुर भएका थिए । नेपालको पहाडी क्षेत्रमा भौगोलिक विकटताले गर्दा ठूलो मात्राको जमीन्दारी विकसित हुन सक्तैनथ्यो । त्यसले गर्दा ठूलो संख्याको सेना राख्न पनि भुरेटाकुरे राज्यहरुलाई सम्भव थिएन । त्यसैले शासकहरु राज्य विस्तारमा वढी जोड दिन्थे । तर ती युद्ध सवै जनताले अनिवार्य रुपमा भाग लिनुपर्ने झारा प्रथामा आधारित थिए । तराईमा बसोबास कम थियो । त्यसले गर्दा ठूलो जमिन्दारी विकसित भएन । किरांतकालमा शुरु भएको र लिच्छवीकालमा विकसित भएको कृषि तथा व्यापार र हस्तकलाको थप विकास हुन सकेन । निरन्तर भैरहने लडाइहरुले उत्पादन पनि वर्वाद पा¥यो । जीवन गुजरा गाह्रो हुदै गयो । त्यस स्थितिले एकीकरणको लागि परिस्थिति निर्माण हुदै गयो ।

एकिकरण :

त्यसै परिस्थितिमा ई.१७४४ मा पृथ्वीनारायण शाहले राज्य विस्तार शुरुगरे । यो क्रम सुगौली सन्धीसम्म जारी रह्यो । नेपाल अंग्रेज युद्धपछि पनि नेपालले युद्धको तयारी गर्दै रह्यो । त्यो क्रम कोत पर्वसम्म जारी रह्यो । करिव १०० वर्षसम्म नेपालको उत्पादनको ठूलो हिस्सा युद्धमा खर्च भयो । पृथ्वीनारायण शाहको पुनः एकीकरणले राज्यको विस्तार गरेर संभाव्य ठूलो बजारको पनि निर्माण ग¥यो । तर नेपाल राज्यको विस्तार वेलायती साम्राज्यसंग युद्धपछि नेपालको राज्य विस्तार अवरुद्ध भयो । करीव १ तीहाई भु—भागसमेत गुमायो । सुगौली सन्धिपछि नेपाली युवाहरु विदेशिने क्रम शुरु भयो । उनीहरुले आउदा ल्याउने सामान टिकाउ र सस्तो हुने हुदा नेपालको औद्योगिक विकासमा प्रतिकूल असर पर्न थाल्यो । पछि वेलायती भारतसंग भएका सन्धीले नेपालमा आउने सामानमा भन्सार नलाग्ने व्यवस्था समेत भयो ।

राणाकालिन परिवेश : 

राणाकाल मै भारत र चीनका बीच सिक्किम हुदै व्यापारको नयंँ बाटो खुल्यो । त्यो ल्हासा कलकत्ता बाटो नेपाल भएर गरिने व्यापारको तुलनामा छोटो थियो । यसले नेपालको राजस्व र व्यापारमा प्रशस्त असर गर्यो । यसप्रकार सुगौली सन्धीपछि नेपालको अर्थतन्त्र वेलायती र पछि जापानी सस्तो उत्पादनसँग झन् झन् गांसिदै गयो । अब नेपालको अर्थतन्त्र सस्तो श्रम र कच्चा पदार्थ बेच्ने र महंगो विदेशी सामान किन्ने परआश्रित अर्थतन्त्रमा वदलियो । परआश्रयले निर्भरता बढायो र क्षेत्रीय असमानता बढायो । त्यस्तो निर्धनताले अझ बढी निर्धनता र क्षेत्रीय असमानता बढायो र यो हाम्रो अर्थतन्त्रको दुश्चक्र झन् झन् बढ्दै गयो । यस्तो दुश्चक्रभित्र जे जति राष्ट्रिय आय थियो, त्यो १०० वर्षसम्म राणाहरुको भोगविलासमा खर्च भयो ।

२००७ साल : 

मुलुकभित्र बढ्दै गरेको निर्धनता, सत्ताधारी राणा खलकमा उपभोगको झगडा, केही शिक्षित समुदायमा बनेको असन्तुष्टि, विदेश गएर फर्केकाहरुले ल्याएको नयंँ चेतना, दोस्रो विश्व युद्धको समयमा खुलेका विराटनगरका कारखाना र मजदुर वर्ग, भारतीय संग्राम र चीनको जनवादी क्रान्तिको प्रभावका वीच नेपालमा प्रजापरिषद, नेपाली कांग्रेश र नेपाल कम्युनिष्ट पार्टी जस्ता राजनीतिक दलको स्थापना भयो । त्यही आन्तरिक र बाह्य परिस्थितिले राणा विरोधी २००७ को क्रान्ति आरम्भ भयो ।

२०१५ साल :

दोस्रो कारण नयां उत्पादक शक्तिको विकाशका लागि कम्तिमा भूमिसुधार गरेर जमीनमा किसानको हक दावी स्थापित गर्न सकेको भए नयां मध्यमवर्गको उदय हुन्थ्यो र लोकतान्त्रीक क्रान्तिलाई त्यसले बचाउन सक्थ्यो । त्यसो गर्न नसकेको हुदा ०१५ सालको निर्वाचनमा दुइतिहाई संसदीय सिट ल्याएर सरकार बनाएको नेपाली काँग्रेशलाई राजाले बलपूर्वक सरकारबाट मात्रै हटाएनन् बहुदलीय व्यवस्था नै भंग गरिदिए ।

२०१७ साल : 

तर २००७ सालको क्रान्तिले जागृत गरेको जनचेतना, पराजित नै भएपनि पुंजीवादी प्रक्रियाले जन्माएको पुंजीपती वर्ग, किसानहरुको निर्धनता, अन्तराष्ट्रिय राजनीतिक प्रवाह जस्ता कारणले गर्दा राजालाई केही सुधार गर्नैपर्ने बाध्यता थियो । त्यसो नगर्दा उनको सत्ता टिक्न सक्दैनथ्यो । भूमिसुधार, मुलुकी ऐन, शिक्षा, स्वास्थ्य, उद्योेग, संचार, यातायात क्षेत्रमा उनका घोषणालाई यसै अर्थमा हेर्नु पर्छ । राजाको ती घोषणाले तत्कालका लागि आप्mनो सत्ताको पक्षमा जनमत बनाउन त सघाए तर ती कानूनी र आर्थिक सुधारहरुले गर्दा मध्यमवर्गको विकास पनि द्रूत रुपमा भयो । भूमिसुधारले कानूनीरुपमा जमिन्दारी व्यवस्थालाई अन्त्य गरिदिएको थियो । ३० को दशकमा जमीनको नापीसमेत भइसकेपछि त्यस जमिन्दारीको जग भत्केको थियो र राजाको पंचायती व्यवस्थाको रक्षा गर्ने सामाजिक शान्ति भत्केको थियो । त्यही सामाजिक आर्थिक जगमा २०४६ सालमा पंचायती व्यवस्था त्यही सामाजिक आर्थिक जगमा २०६२ र ६३ को क्रान्तिले राजतन्त्रको उन्मूलन गर्यो ।

बर्तमान :

नेपालका कम्युनिष्ट पार्टीले अहिले पनि नेपाली समाजको चरित्र निरुपण गर्दा अर्धसामन्ती, अर्धऔपनिवेशिक छ भनेर किटानी गर्दै आएका छन् । २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दादेखि नै यो व्याख्या हुदै आएको छ । नेपाली समाजमा जमिन्दार वर्गले उपभोग गर्दै आएका कानूनी अधिकारहरु, राजतन्त्र र उसका विशेषाधिकार, भूमिहिन किसानहरुको संख्या र अवस्था जस्ता आधारमा नेपाली समाजको मूख्य चरित्र सामन्ती छ, त्यस्तै नेपाली पुंजीका प्रवेश र नियन्त्रणका साथै राज्यमाथि बैदेशिक दवाव हस्तक्षेपका आधारमा नेपाली समाजको चरित्र एक प्रकारले औपनिवेशिक छ भनेर समग्रतामा अर्धसामन्ती, अर्धऔपनिवेशिक छ भनिएको थियो । त्यस्तै कतिपय कम्युनिष्ट पार्टीहरु त्यसलाई अहिलेपनि बदल्नु पर्ने ठान्दैनन् । तर कतिपय पार्टीहरु भने नेपालमा आधारभूत रुपले पुंजीवादी भैसकेको छ भन्ने मान्यता राख्छन् ।

यो समाज पुंजीवादी हो भन्नेहरुको तर्क यस्तो छ :

सामन्तवाद : 

जमिनमा स्वामित्व भएको आधारमा त्यस जमिनमा बसोबास गर्ने किसानमाथि कानूनी र राजनीतिक विशेषाधिकारले नियन्त्रण गर्छन् । यसर्थ सामन्तवाद भनेको जमिन्दार वर्गको शासन भएको सामाजिक व्यवस्था हो ।

पुंजीवाद :

पुंजीवादी समाजको चारित्रिक विशेषता के हो भने त्यस समाजको बहुसंख्यकलाई या त नाफाले चलाउंछ या त ज्यालाले चलाउंछ । सस्तो श्रमको लागी महिला र बालबालिकाको प्रयोग गर्दछन् । नेपालमा गणतन्त्र आइसकेको र जमिन्दार वर्गका सबै कानूनी र राजनीतिक विशेषाधिकार उन्मुलन भैसकेको हुदा, त्यस्तै यहांका मानिसहरु या त नाफा कमाउने या ज्याला कमाउने ध्येयले चल्ने हुंदा यो पुंजीवादी समाज हो । त्यस्तै, नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक भएको हुंदा हामी आफैले यसलाई अर्धउपनिवेश भन्नु सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले गलत हुन्छ । नेपालमाथि अहिले पनि कतिपय थिचोमिचोहरु छन्, हामीले एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकका हिसाबले त्यस्तो थिचोमिचोको विरोध गर्छौं, उपनिवेश हौ भनेर बस्दैनौ । फेरि हामी उपनिवेश वा अर्ध उपनिवेश हौ भन्छौ भने हाम्रो आजको कार्यभार राष्ट्रिय मुक्ति संघर्ष हो भन्नु पर्ने हुन्छ । तर यहांको पुंजीको मुख्य चरित्र उद्यममा आधारित नभै व्यापारमा आधारित भएको हुंदा यो मूलतः दलाल चरित्रको छ । त्यसको ठाउंमा राष्ट्रिय पुंजीको विकास गरेर मात्रै हामीले सुगौली सन्धीपछि शुरु भएको पराधीनता, गरिबी र क्षेत्रीय तथा जातीय असमानताको दुश्चक्रलाई तोड्ने उपाय राष्ट्रिय पुंजीको विकास नै हो जसले हामीलाई समाजवादको तयारी गर्न सघाओस् ।

निष्कर्ष :

त्यस्तै, नेपाली समाजको चरित्र पुजीवादी हो भनेपछि हाम्रा वर्गहरुको पहिचान पनि त्यसैगरि गर्नु पर्ने हुन्छ । आयको श्रोत नाफा भएको पुंजीपति वर्ग, आयको श्रोत ज्याला भएको श्रमजीवी वर्ग र दुवै भएको मध्यम वर्ग हुन्छ । तर पुंजीपति वर्गभित्र दलाल पुंजीपति अहिलेको सबैभन्दा प्रतिक्रियावादी वर्ग हो । त्यसैले राष्ट्रिय पुंजीपति वर्गलाई समेत साथ लिंदै दलाल पुंजीलाई रुपान्तरित गर्दै समाजवादको तयारी गर्नु नै नेकपा ( एमाले ) को काम हो । जबकि नेपाली समाज अर्धसामन्ती,अर्धऔपनिवेशिक हो भन्नेहरुको दृष्टिमा नेपाली समाजमा अहिले पनि नेकपा (एमाले ) पार्टीको कार्यभार किसान क्रान्तिबाट अथवा नयां जनवादी क्रान्ति गरेर सामन्तवर्गलाई उखेलेर मजदुर,किसान एकतामा आधारित जनवादी सत्ता स्थापित गर्नु यस पार्टिको कार्यभार हो ।

दुई ठुला आर्थिकको क्षेत्रमा अगाडी बढेको देशहरुको बिचमा रहेको सानो देश नेपाल,त्यसमाथि यि देशका आ–आनै स्वार्थको बिचमा कुटनितिक तबरबाट फाइदा लिन नेपालले सकिराखेको छैन । चिनबाट नेपालको सिमानासम्म रेल आउदा पनि यता उत्पादन शक्ति कमजोर भएकोले उताबाट मात्र सामान आउने र यताबाट निर्यात नहुदां झन बढि ब्यापार घाटा हुने दखिन्छ । त्यस्तै भारतसंगको ब्यापार घाटा घटाउन पनि यहांको उत्पादन प्रणालीमा सुधार गर्नु आबस्यक देखिन्छ । चिनको दक्षिण् एसिया छिर्ने सडकको योजनामा पनि नेपालले कुटनितिक तबरले फाइदा लिन सक्नु पर्छ ।

- लेखक थापा सुृर्यबिनायक नगरपालिका, वडा नं.८,सिपाडोल निवासी हुनुहुन्छ ।

सन्दर्भ सामाग्री :

 माक्र्सवादि दर्शन : बेदुराम भुषाल

 माक्र्सवादि अर्थशास्त्र : डा.विजय पौंडेल 

 कार्ल माक्र्स व्दीशतवार्षिकी राष्ट्रिय प्रशिक्षणका सामाग्रीहरु ।

 साथै बिभिन्न website हरु ।

 

सम्बन्धित समाचार

Advertisement