जम्बला लामा
नेपालमा कहि नभएको जात्रा हाडी गाउँ भन्ने उखान हामीले सुनेका नै छौ । त्यस्तै हिसाबबाट नेपालको राजनिति भएको हो कि भन्ने नागरिक र जनामानसमा आभास भएको छ । भर्खरै मात्र सम्पन्न तीन तहको निर्वाचनले त्यस्तै व्यवहार देखाएको छ । जवरजस्ती प्रधानमन्त्री भएका शेरबहादुर देउवाले जवरजस्ती निर्वाचनमा आफु सबैभन्दा ठूलो पार्टीको हैसियत भएकोले काँग्रेस पार्टीको नै बहुमतको आउने भनी त्यो समयमा हल्ला मच्चाएका थिए । वाम गठबन्धनलाई तथनाम र बदनाम सम्मको शब्दले गाली गरेपनि आखिरीमा काँग्रेस पतन तथा बदनाम गराएरै छाडे देउवाले । संविधानको धारालाई बालाजुको बाइसधारा, सुनधारा, गुर्जुधारा इत्यादी गरे उनले । अर्थात निर्वाचनको परिणाम पछी पनि देउवाले हट लिएर संविधानको अपव्याख्या प्रयोग गरी प्रदेश सभा र राष्ट्रिय सभाको वहाना वाजी गरी राजिनामा दिनुको सट्टा उनले मेरो काँधमा जिम्मेवारी आएको भनि जवरजस्ती पदमा बस्दा विश्वसमुदायनै चकित भएको छ । उनले चुनावको परिणाम लगतै आफु हार भएपछी माओवादी अध्यक्ष प्रचण्ड दाहाललाई वाम गठबन्धनबाट टुक्राउने हिसावले प्रचण्ड दाहाललाई प्रधानमन्त्रीको अफर गरेको रहस्य खुलेको छ । त्यसबेला प्रचण्डजीले मानेको भए देउवाले खुरुक्क राजिनामा गरी वाम गठबनधनलाई टुक्राउने योजना सफल हुने थियो । तर माओवादी अध्यक्ष उनको मोहनीको महाजालमा फसेन । अनि देउवाले अतालिएर पदबाट राजिनामा दिनुका सट्टा बहानाबाजीहरु प्रयोग गरी उनले हालसम्म पनि लाज पचाएर बसेको जनसमुदायलाई महसुस भएको छ । यदि देउवा इमान्दार व्यक्ति भएको भए उनले प्रथम राजिनामा गरी कामचलाउ सरकारमा बसेको भए उनको मानसम्मान, इज्जत ५ हात माथि हुन्थ्यो । तर त्यो मानसम्मान सबै आफ्नै घमण्डीको कारण माटोमा बिलायो । यी विषय देउवा आफै जानुन ।
भर्खर मात्र सपथ ग्रहण गरेको प्रदेश सभासदहरुबाट जनआकाङ्क्षाको ठूलो आशा गरेका छन् । सिंहदरबारको अधिकार नगरपालिका र गाउँपालिकामा भनि सरकारबाट घोषणा भएको जनआवाज पाएको छ । त्यसमाथि झन प्रदेश सरकार भएपछी त्यो भन्दा उत्तम भएको जनविचारहरु पनि प्राप्त भएको छ र कुनै गाउँपालिकातिर चाहि खोइ ? के गर्ने ? सिंहदरबारको अधिकार गाँउगाउँमा भनेको सुनेको थियो तर हाम्रो दुःख त्यहि पुरानो पारो भन्ने गुनासो पनि सुन्नमा आएको छ । तर पनि प्रदेश सरकार आएपछी पक्का पनि समृद्धि विकास होलाकी भन्ने ठूलो आशा जनतामा रहेको छ । उनीहरु भन्छन गाउँगाउँमा राम्रो शिक्षा होस, स्वास्थ्यचौकी होस र कृषि उत्पादनलाई राम्रो टेवा दिउन भन्ने चाहान छ ।
बाम गठबन्धन एकता ढिलो गर्नुको सट्टा जनमतको कदर गर्दै अगाडी बढ्नुको विकल्प छैन । बाम गठबनधनले जुनबेला अर्थात त्यो समयमा जनता सामु बोलेको भाषण (शब्द) लाई मध्यनजर गरी बामशक्ति एकता हुने भनि बोलेको शब्दलाई अशब्दतिर लग्यो भने राष्ट्रले स्थिर सरकार होइन अस्थिरताको सरकार निम्त्याउने छ । अनि शेरबहादुर र कमल थापा जस्तो अलोकतान्त्रिक व्यक्तिहरुको हालि मुहाली अर्थात बाम शक्ति र जनतालाई गुलामी बनाएर छाड्नेछ भन्ने आम नागरिकको विचार हो । यी व्यक्तिहरुको पार्टीबाट नै अस्थित्व समाप्त भइसकेको छ । यस्तो अस्थित्व नभएको व्यक्तिहरुको मनमा जसरी हुन्छ समानुपातिक पदलाई पनि आर्थिकको प्रलोभनमा परी समानुपातिक पदलाई विक्रि गर्ने व्यतिmत्वमा पर्छन यी दुई व्यक्ति । वामगठबन्धनले ढिलो नगरीकन जनतालाई हामी एमाले र माओवादी एक भई वाम गठबन्धन नामाकरण गरी एमालेलाई ६०% माओवादीलाई ४०% को भागवण्डा गरी निर्वाचनमा होमिएको थियो । त्यसैको प्रतिफलबाट बाम गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको जनतालाई महसुस पनि भएको र साथै खुसी पनि भएको छ । तत् पश्चात जनआकाँक्षा अनुरुप अगाडी बढ्नु भन्ने शहर शहर गाउँगाउँमा जनआवाजहरु उब्जेको छ । अर्थात जनमतको कदर गरी जनतालाई धोका नदिई वाम एकताले निर्वाचनको समयमा दिएको अभिव्यक्ति अनुसार अगाडी बढी सरकार गठन होस भन्ने जनविचारहरु आएको छ ।
पदको प्रलोभनमा लागेर होइन जनताको अभिमतको कदर गरी छिटो भन्दा छिटो वाम सरकार गठन होस भन्ने नागरिकको चाहाना छ । पेरिस डाडाँमा भने एकता जान नहुने अभिव्क्तिहरु पनि सुन्नमा आएको छ । अर्थात माओवादीबाट नै चोइटिएर गएको व्यक्ति तथा माओवादी भित्र नै हालि मुहाली गर्ने नेताहरुको तर्क यस्तो आएको भनि माओवादी जनहरुबाट नै व्यापक सुन्नमा आएको छ । एकतामा नजाने बरु देउवासँग साथ मिलि ५ वर्ष ग्यारेन्टी खाने सोचको विचार भएको व्यक्तिहरुले अध्यक्ष दाहाललाई तकारोे हालेको छ भन्ने समाचार अखबारहरुमा लेखिएका छन् । यदि सहि हो भने माओवादी भित्रबाट नै माओवादीलाई समाप्त पार्ने खेल खेलेको हो भन्ने जनविचारहरु पनि आएको छ । यसमा कतै कसैको भाषा र कुरौटेमा नलागी अध्यक्ष स्वयं आफैले निर्णय लिएर स्वविवेक अधिकार प्रयोग गरी जनमतको कदर गर्नु पर्दछ ।
हालै प्रदेश प्रमुख नियुक्ति भएको ३ नं. प्रदेशको प्रमुख अनुराधा कोइरालाको नागरिक विवादले गर्दा सबैभन्दा बढी विवाद कोइरालालाई देखेको छ । उनी दार्जलिङमा जन्मिएको भारतीय सेनाकी छोरी हुन अनुराधा अर्थात उनकी आमाबाबु नै भारतीय नागरीक हुन । उनी कसरी वंशजको नाताबाट नागरिकता लिइन । उनलाई भारत सरकारले आफ्नो नागरिक हुन भनि पुरस्कृत समेत गरेको छ । सन् २०१० मा सिएन.एन हिरो बनेकी उनी दिनेश कोइराला सँग विवाह गरेकी भएपनि पार्पाचुकी (छोडपत्र) भइसकेको अवस्थामा कसरी उनी कोइराला भइन ? उनले नागरिकता प्रमाणपत्र पनि ४३ वर्ष पछि लिएको खुलास भएको छ । त्यो अवधि सम्म उनी जस्तो मानिसले किन नगरिता लिइनन् । कोइराला चुनावको पूर्व सन्ध्यामा उनी सेरवहादुर देउवाको पहलमा कांग्रेसमा प्रवेस गरेकि थिइन । जवकि कोइरालाले नागरिकत वनाएको मितिको निर्णय यस प्रकारको छन् । बाबुको नाम प्रतापसिङ गुरुङ र अनुराधाको जन्म मिति २००७ साल । नागरिकत प्राप्त मिति २०५० साल पौष महिना ५ गते जन्म स्थान रुम्जटार गाँउ पञ्चायत वडा नं. ३ । विवाद २०५० साल भन्दा ३ वर्ष अधि नै पञ्चायत व्यवस्था विस्थापित भई बहुदलिय व्यवस्था नामाकरणमा उक्त गाँउ पञ्चायतलाई काटेर गाँउ विकास समिति गठन भई सकेको अवस्थामा कोइरालाको नागरिकता प्रमाणमा कसरी रुम्जाटार गाँउ पञ्चायत आयो । यसैले गर्दा कोइराला नागरिकत विवादमा मुछिन्छकि भन्ने जनविचारहरु आएको छ । वेलैमा विचार पु¥याएन भने देउवाले सतै प्रदेश सभामा विवादै विवादित व्यक्तिहरुलाई प्रदेश प्रमुख भनाएकोमा जनगुनासो आएको छ ।
अखबारहरुमा व्यापक भाइरल भएको छ की ओनसारीले राजनितिबाट जोगी बन्नेछ । यो त अति राम्रो र उत्तम विचार हो भन्ने जनविचारहरु आएको छ । यदि ओनसारीले यो शब्द आफ्नै मन विचारबाट आएको हो भने यो विषयलाई मान्नै पर्छ । अतः १० वर्ष जनयुद्धमा होमिएको कुनै नेता कार्यकर्तालाई कुनै ठाउँ छैन अर्थात नत मन्त्री हुन पाएको छ नत जनमतमा जानुलाई टिकट नै पाएको छ ? त्यस्तो महान पार्टीमा जहिले पनि उहि व्यक्तिको अनुहार देखिन्छ । अरु इमान्दार नेता कार्यकर्तालाई भने भ्यागुतो जति उफ्रे पनि कुवाँमा भनेझै महान पार्टीको नेतृत्व ओनसारीबाट यस्तो अभिव्यक्ति आउनु भनेको जनमतको कदर हो भन्ने जनविचारहरु आएको छ । धन्यवाद ओनसारी जि लाई ।