काठमाडौं–राष्ट्रिय सहकारी बैंकले देशभरका शाखामध्ये भक्तपुरको ठिमी शाखालाई उत्कृष्ट घोषणा गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पुस ६ गते सम्पन्न १४ औं साधारणसभाका अवसरममा ठिमी शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो । सो बैंकको देशभर ४१ शाखा रहेका छन् ।
‘सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, विकास एवं बैंकिंङ कारोबारका लागि सहकारी क्षेत्रको एकमात्र बैंक’को रुपमा चिनिएको सो बैंक लिमिटेडको सो साधारणसभामा शाखाका कार्यालय प्रमुख सविना बस्नेतलाई कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए ।
देशभरका शाखाहरुमध्ये आर्थिक कारोबारका आधारमा उत्कृष्ट सेवा पुर्याए बापत सो सम्मान दिइएको बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले बताए । सो अवसरमा उपराष्ट्रपछि पुनले गरिबहरुको आर्थिक स्तर उकास्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए भने कार्यक्रमका विशेष अतिथि सांसद पशुपति चौंलागाइले सहकारको अवधारणा कम्युनिष्ट अवधारणाबाट आएको बताउँदै सहकारीहरुको हित हुने नीति बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले अािर्थक वर्ष २०७३÷७४ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बैंकको भावी नीति, कार्यक्रम पनि सार्वजनिक गरेका थिए ।
बैंकमा अहिले ७५ वटै जिल्लामा रहेका सहकारीमध्ये ९ हजार ३ सय २३ सहकारी आवद्ध छन् । त्यस्तै जल तथा विद्युत सहकारी, कृषि सहकारी, बहुमुखी तथा बहुउद्देश्यीय सकारी, केन्द्रीय सहकारी, उपभोक्ता सहकारी, दूधजन्य सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारी, जिल्ला संघहरु, स्वास्थ्य सहकारी, शिक्षा सहकारी र मौरीपालन सहकारीलगतयतका विषयगत सहकारी रहेका छन् ।