प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

अनलाइन दर्पण 2017-09-14
img

काठमाडौं, ३० भदौ ।भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए ।

‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’ यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।

त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैंकमा जम्मा गर्ने सुविधा दिइएको थियो ।

सम्बन्धित समाचार