साधना र सबैको लघुवित्तले ‘सम्पदा लघुवित्त’ का नामबाट आजदेखि एकीकृत कारोबार गर्दै

अनलाइन दर्पण 2024-07-14
img

काठमाडौं, ३० असार । साविकका सबैको लघुवित्त र साधना लघुवित्तले आज देखि ‘सम्पदा लघुवित्त वित्तीय संस्था’ का नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।  यी दुवै संस्था एकआपसमा मर्ज भई बनेको नयाँ ‘सम्पदा लघुवित्त वित्तीय संस्था’ का नामबाट कारोबार हुनेछ । 

हरमटारी गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र बन्दीपुर तनहुँमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।​

मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर तनहुँमा रहनेछ ।

डाटा माइग्रेसनका लागि असार २९ गते दुवै कम्पनीले सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।

सम्बन्धित समाचार