सरोज ठकुरी, दोलखा २,असोज। कालिन्चोक गाउपालिका वडा नम्बर ५ लापिलाङ अवस्थित घट्टेखोलामा आएको बाढीले करिब ३0 घरलाई क्षति पुर्याएको छ।उक्त पहिरो श्रावण महिनामा रानिबनमा आएको पहिरोका कारण धेरै घरका मानिसहरू देउराली आधारभुत बिध्यालयमा बसेका थिए ।
२४ गते आएको भेलले झन धेरै घरहरुको क्षति पुर्याउनुका साथै अब बस्न नस्कने अवस्थामा पुर्याएको छ।पीडित जनतालाई राहत प्रदान गर्न लापिलाङ सामाजिक सेवा समितिले एक लाख चार हजार नगद प्रदान गरेको समाजका अध्यक्ष बिबेक कुमार खड्काले जनाउनु भयो।
त्यस्तै आज भएको कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्बत गुरुङको उपस्थितिमा करीब ३00 परिवार लाई राहत सामाग्री बितरण गरिएको थियो उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य एबम बागमती प्रदेश सभा सदस्य पसुपती चौलागाईं, नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य आनन्द पोखरेल, जिल्ला समन्वय समिति सभापति डबल पाण्डे, कालिन्चोक गाउपालिका प्रमुख बिन कुमार थामी लगाएत नेताको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्त्री गुरुङले सुरछित बास्थानको निर्माण गर्नु पर्ने जनाउनु भयो । प्रदेश सभासद पसुपती चौलागाईंले सामुहिक एबम सुरक्षित बसोबासको लागि आवश निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो।
नेकपा नेता आनन्द पोखरेलले यस्तो समयमा सजग र सचेत रहि एक अर्का बिछ सहयोग आदन प्रदान गरि अघि बढ्नु पर्ने बताउनु भयो ।
यस्तै सभापति डबल पाण्डे र गाउपालिका प्रमुख बिन कुमार थामीले पनि समस्या समाधानका लागि सम्पुर्ण तह लाग्नु पर्ने बताउनु भयो ।