९ दिनमा मेलामा छ करोडको कारोवार

अनलाइन दर्पण 2017-04-12
img

भक्तपुर,चैत ३१। भक्तपुरको सल्लाघारीमा चैत्र २२ गतेदेखी शुरु भएको तेश्रो औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलामा  नौ दिनमा छ करोड बराबरको कारोवार भएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्ने मेलाको नवौं दिन सम्ममा छ करोडको कारोवार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएकाले उपभोग्य सामग्री किन्नेको भिड लागेको आयोजकले जनाए । 

मेलामा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्य प्रस्तुती राखिएकै कारण सांगितिक प्रस्तुती हेर्नकै लागि पनि दर्शकको भिड लागेको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिनुभयो । 
मेलामा बुधबार रबिकुमार रिमाल, MT 8848 व्याण्ड लगायतको सांगितिक प्रस्तुती र जादुगर महादेव त्रिपाठीको जादु हेर्न दर्शकको भिड लाग्यो । 

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय २५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।


मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको छ भने सात दर्जनभन्दा बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए ।

 

सम्बन्धित समाचार

Advertisement