टुटलले कर छलेको खुलासा, तिर्नुपर्ने भयो ३ करोड ४० लाख

अनलाइन दर्पण 2019-04-18
img

काठमाडौं, ५ बैशाख २०७६ ।‘राइड सेयरिङ’ सेवा दिने टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । 

आन्तरिक राजस्व कार्यालय ललितपुरले करीव तीन महिना फाइल अनुसन्धान गरी छर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । 

‘तीन आर्थिक वर्षको भ्याट, संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो’, राजस्व स्रोतले भन्यो, ‘सबैभन्दा बढी भ्याट शीर्षकमा कर निर्धारण छ ।’

आजकाे कान्तिपुर दैनिकमा खबर छापिएको छ । पत्रिकाले पठाओमाथि अनुसन्धान जारी रहेको पनि जनाएको छ । 

सम्बन्धित समाचार

Advertisement