काठमाडौं, ८ फागुन । पाल्पाको रामपुरमा अमेरिकन कम्पनीका यूएम मोटरसाईकल विक्रि वितरण गर्न थालिने भएको छ । आईएमई ग्रुपद्धारा नेपाल भित्रिएको अमेरिकन ब्राण्डका यूएम मोटरसाईकल जिल्लामा पहिलो पटक विक्री वितरण हुन लागेको हो ।
मिना इन्टरप्राईजेज बुटवलले पहाडी भेगको सडकलाई मध्यनजर गर्दै अफरोड बाटोमा कुदाउनका अत्याधुनिक प्रविधिबाट निर्मित अमेरिकन ब्राण्डको मोटरसाईकल पाल्पाकाे रामपुरमा ९ गतेदेखि एक्सचेन्ज अफर सहीत ल्याउने भएको छ ।
अफरमा ग्राहकले दशहजार छुट समेत पाउने भएका छन् । जिल्लाका सडकको अवस्थालाई लक्षित गर्दै इन्टरप्राईजेजले सेवा सुरु गर्ने प्रोपाईटर राज खनालले जानकारी दिनुभयो । वहाले भन्नुभयो , “तत्कालका लागि प्रसार–प्रसार र बजार बुझनका लागि केही मोटरसाईकल ल्याउने छौं । उपभोक्ताहरुले मन पराएको खण्डमा माग बढ्यो भने, सव डिलर नै संचालनमा ल्याउँने मानसिकता हामीले बनाईरहेका छौं ।”
६ पटक निशुल्क सर्भिस, २ वर्ष तथा ३२ हजार किलोमिटर ग्यारेन्टीसहितको उक्त मोटरसाईकल जिल्लावासीका लागि उपयुक्त रहेको पाईएको छ । जिल्लामा प्राईजेजले परिक्षणका लागि ल्याएको केही मोटरसाईकल हिलाम्य तथा धुलाम्य सडकमा पनि सहजरुपमा कुदाउँन सकिने भएका कारण मोटरसाईकल खरिदमा उपभोक्ताको चासो बढेको खनालले बताउनुभएको हो ।
प्राईजेजले पूराना मोटरसाईकलसंग सट्टा–पट्टा गरि यूएम ब्राण्डका नयाँ मोटरसाईकल पनि वितरण गर्दै आएको छ ।
यूएम व्राण्डका मोटरसाईकल युवापुस्ताको रोजाईमा पर्ने भएकोले माग अत्याधिक रहेको कन्ट्रि सेल्स म्यानेजर दिपेश कायस्थले बताउनुभयो । अन्य मोटरसाईकलको तुलानामा यूएम मोटरसाइकल हलुका तथा पार्टपुर्जाहरु गुणस्तरिय रहेको कारण अन्य जिल्लाहरुमा पनि यसको माग अत्याधिक रहेको कायस्थले जानकारी दिनुभयो ।
वहाले भन्नुभयो “ यूएम व्राण्डका मोटरसाईकल मर्मतका क्रममा समाग्रीको मूल्य कम पर्ने तथा जुनसुकै ग्यारेजहरुमा समाग्री सहजरुपमा पाईने भएका कारण यूएम मोटरसाईकलको माग बढेको हो ।
तीन दिनका लागि समय खुला गरेर विक्री सुरु गरेको इन्टरप्राईजेजले आगमी दिनमा सव डिलर तयार नभएसम्मका लागि मिना इन्टरप्राईजेज बुटवलबाटै वितरण गर्ने जनाएको छ ।
अटोले मोरसाईकलको मुल्य पनि मिल्दोजुल्दो राखेका कारण जिल्लावासीको माग बढ्ने मिना इन्टप्राईजेजका संचालक राज खनालले विश्वास ब्यक्त गर्नुभयो । “हामीले मोटरसाईकल कम ल्याएका छाै, तर यहाँको बजार माग धेरै भए तत्काल व्यवस्थापनमा जुट्ने तयारी गर्ने ।” प्रोपाईटर राज खनालले बताउनु भयो ।