अमेरिकी कम्पनीकाे युएम बाइक उदयपुरमा सफल बन्दै

अनलाइन दर्पण 2018-01-27
img

चित्रकुमार कार्की

उदयपुर,माघ १३ । अमेरिकन बाइक युएमको उदयपुरका लागि आधिकारिक बिक्रेता बस्नेत अटोले सञ्चालनमा ल्याएको छ । युएम बाइक आईएमी गु्रपले नेपालमा भित्र्याएको नेपालका युएमका सेल्स म्यानेजर दिपेश कायस्थतले जानकारी दिनुभएको हो । युएम बाइक शनिबारदेखि बेल्टारमा पनि अफरमा पुरानो लिएर नयाँ दिने र बिक्री वितरण समेत शुरु गरिएको छ ।

मुख्य सोरुम काठमाण्डौसगै गाईघाट पोखरा, बुटवल जनकपुर बाग्लुद्ध धनगढी महेन्द्रनगर हेटौडा बर्दिबास, चितवन र इटहरीमा रहेका कम्पनीका डिलरमा युएम बाइक उपलब्ध हुने म्यानेजर कास्यातले बताउनु भएको हो । अहिले शो(रुममा २३० सीसीको पूर्ण अमेरिकन क्रुजर ‘रेनगेड कमाण्डो’ र २०० तथा २३० सीसीको नेकेड स्पोर्ट डिजाइनको ‘एक्स्ट्रीट’ युएम बाइक उपलब्ध छन् । निकट भविष्यमा कम्पनीले युएमका अन्य मोडलहरु पनि नेपाल भित्राउने बताएको छ । बेल्टारमा युएम बाइक हेर्न युवाहरुको भिड लागेको छ ।

कतिपय युवाहरु बाइक नै किन्ने मनासाय बनाएर गएको भेटिएका छन् । कम्पनीले दिएको जानकारी अनुसार रेनगेड कमाण्डो बाइकमा सबैभन्दा बढी अकर्षण रहेको छ । सोचेभन्दा बढी माग भएकाले तत्कालै बुकिङकर्ताको हातमा बाइक र्पुयाउन सक्ने अवस्थामा रहेको कास्यातले बताउनुभयो ।

कम्पनीका अनुसार युएम बाइकमा आधुनीक इञ्जिन, सुरक्षा प्रविधी, नयाँ सुविधाहरु प्रयोग गरिनुका साथै गुणस्तरमा कुनै सम्झौता गरिएको छैन् । सबै तह तप्काका ग्राहकहरुको रुची र आवश्यकतालाई ध्यानमा राखेर बजारमा ल्याइएका युएम बाइकमा यात्रा अवधीमै मोबाइल चार्ज गर्न मिल्ने युएसबी पोर्टल राखिएको छ ।

बाइकको टायरमा ‘ए एफ एस’ प्रणाली प्रयोग गरिएको हुँदा पञ्चरको समस्याबाट ग्राहकले मुक्ति पाउने कम्पनीले दाबि गरेको छ । बाइकमा रहेको ‘एस ए एम’ डीजीटल स्पीडोमिटरले बाइक चालकलाई कुन बेला सर्भिस गर्ने भनेर समयको जानकारी गराउँछ । आकर्षक डिजाइनका स्पोर्ट बाइक खोज्ने नेपाली युवाहरुको मन जित्न युएम सफल हुनेमा ढुक्क रहेको बस्नेत अटोका संचालक नबिन बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Advertisement