अस्ट्रेलियामा १० लाखले दिए बेरोजगार भत्ताको आवेदन

अनलाइन दर्पण 2020-05-14
img

अस्ट्रेलियामा बेरोजगारी दर ६.२ प्रतिशत पुगेको छ । ६० लाख अस्ट्रेलियालीले सरकारबाट अनुदान पाइरहेका छन् । त्यसैगरी १० लाखले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देश संकटको घडीमा रहेको बताएका छन् । उनका अनुसार यो स्थिति चिन्ताजनक हो, तर अप्रत्याशित भने होइन । ‘आउने महिना स्थिति झन् खराब हुनेवाला छ, तर लकडाउन खुकुलो भएपछि स्थिति सहज हुने अपेक्षा छ,’ उनले भने ।

बेरोजगारी दर जुनसम्ममा १० प्रतिशत पुग्ने सरकारको अनुमान छ। साथै जीडीपीमा पनि १० प्रतिशतले कमी आउने प्रक्षेपण छ ।

-बीबीसी

सम्बन्धित समाचार

Advertisement