प्राबिधिक शिक्षा प्रधान गर्ने क्षेत्रमा अबल बन्दै मदन-आस्रित प्राबिधिक शिक्षालय

अनलाइन दर्पण 2020-01-11
img

  सन्तोष दाहाल

काठमाडौं पौष २४। जननेता मदन भण्डारी र जिबराज आस्रितको स्मृतिमा स्थापित मदन आस्रित स्मृति प्रतिस्ठान ,गोठाटार -८ कागेस्वरी मनहरा नगरपालिका मा रहेको छ । करिब १९ रोपनी जग्गामा रहेको प्रतिस्ठान पहिला पार्टी कार्यकर्ता लाई प्रशिक्षण दिने ,पिपुल्स भोलिन्ट्यर को आबसिय क्याम को लागि प्रयोग भयो तथापी बिचको समय ६०/६७ को बिचमा प्रतिस्ठानमा कुरुवा रहने र प्रयोग बिहिन अवस्था मा रहदा त्यस्का विरुद्ध प्रतिपक्षीहरु ले त्यस स्थानमा बस पार्क बनाउने । बाटो बढाउने नाम मा प्रतिस्ठानको पर्खाल भत्काउन खोज्ने लगाएत भयो। यहि बिचमा प्रतिस्ठानको अध्यक्ष प्रदीप नेपाल शिक्षा मन्त्री हुँदा सिटिभिटी सग साझेदारी मा कार्यक्रम चलाउने समझदारी अनुसार सम्झौता भइ कलेज स्थापना भएको छ।

सुरुमा १८ महिने भेटरी र सब- ओभर सियर कार्यक्रम बाट सुरु भएको कलेज हाल ३ बर्शे सिभिल ओभर सियर ,होटेल मेनेजमेन्ट ,पसु बिज्ञान र सर्बे इन्जिनियर कार्यक्रम लगाएत सिटिभिटी को भुकम्प अनुदान सिभिल ओभर सियर र विभिन्न निसुल्क तालीम (२०६७ साल देखि तरकारी खेती,महिला सिपमुलक कार्यक्रमहरु कागेस्वरी मनहरा नगर पालिका भित्र र चागुनारायणको नगरकोटमा) कार्यक्रम संचालित रहेको निर्देसक सुरेस निरौला ले बताउनु भयो ।

करिब ४५० बिध्यार्थी अध्यन रत रहेको न्यून शुल्क भएका कारण भर्ना को समय करिब १००० भन्दा बढी बिध्यार्थीहरु पढ्ने अपेक्षा गरे पनि हाम्रो बाध्यता सिटिभिटी को जति कोटा छ त्यति भर्ना गर्नु पर्ने र कलेज लाई हरेक फ्याकल्टीमा ४८/४८ जना रहेको जानकारी क्याम्पस प्रमुख निरज पुडासैनीले दिनु भयो। 

कलेजमा गुणस्तरिय शिक्षा  र दक्ष प्रशिक्षक र घरायसी बाताबरण जस्तै गरेर बिध्यार्थी लाई अध्यन अध्यापन गर्दै गरेको , खुला बाताबरण प्रयाप्त खेलकुद मैदान ,अतिरिक्त क्रियाकलाप हरु हुने,पुस्ताकलय र होस्टेल को पनि ब्यबस्थापन रहेको सह - प्राचार्य बिष्णु खनाल बताउनु हुन्छ।

स्थापना काल देखि प्रतिस्ठानको बोर्डमा रहनु भएको शिक्षालय का ब्यबस्थापन निर्देशक मधु प्रसाद तिमिल्सिनाका अनुसार स्थानीय बिद्यार्थी लाई छात्रवृत्ति हरेक बर्ष २४ जनालाई ब्यबस्था रहेको र निकट भबिस्यमा अन्य कार्यक्रमहरु पनि संचालन गर्ने सिटिभिटी सग सम्बन्धन लिन प्रक्रिया अगाडि बढेको जानकारी दिनु भयो। 

यस्तै स्थानिय गोपि कृष्ण रिजालको अनुसार कागेस्वरी मनहराको योजना नगरपालिका लाई शैक्षिक  केन्द्र बनाउने योजना यस शिक्षालयले पूरा गरेको ,ब्यापार ब्यबसाय बढेको मानिस हरु का घर भाडा लगाउ भन्दा  पनि जान पहिला मुस्किल हुन्थ्यो अहिले घरमा विद्यार्थी हरु भाडामा बस्न थाले पछि कुनै घरमा कोठा खाली नरहेको र समाज मा पुर्ब मेची देखि पश्चिम् महाकाली सम्म बाट बिध्यार्थी आएका ले उनिहरुको भाषा र संस्कृतको बारेमा बुझ्ने अवसर पाएको जानकारी दिनु भयो।

यस्तै स्थापना काल देखि नै प्रतिस्ठान को अध्यक्ष रहनु भएको नेकपा का नेता प्रदीप नेपाल का अनुसार प्रतिस्ठानको विभिन्न कार्य क्षेत्र मध्य शिक्षा क्षेत्रमा गरिएको यो एक योगदान हो अन्य बिधामा पनि काम भएको जस्मा मदन भण्डारी सग संबंधित साहित्य सृजना गर्ने सर्जकहरु लाई सम्मान र मदनकुमार भण्डारी को जनता को बौदलिय जनबादमा अनुसन्धान गर्ने लाई सहयोग गर्दै आएको जानकारी दिनु भयो।

सम्बन्धित समाचार

Advertisement