मन्दिरको भेटिले चलेका दुई स्कुल

अनलाइन दर्पण 2018-09-27
img

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ।  वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। 

यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ ।

 ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन्।

शान्तिमा रहेका १० शिक्षक मध्ये ४ लाई तलब दिन पुगेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए।

धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

सम्बन्धित समाचार

Advertisement