भक्तपुर। मध्यपुर थिमि मिलरोड ८ बोडेस्थित ग्ल्याडस्टोन एकेडेमीले २०५ औं भानुजयन्तिको अवसर पारेर कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
जुनियर र सिनियर गरि दुई समूहमा सञ्चालन गरिएको कार्यक्रममा जुनियर तर्फ कक्षा १ देखि ५ सम्मका ४३ जना छात्रछात्राले कविता वाचन गरेका थिए भने सिनियर तर्फ २९ जना छात्रछात्रा कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी भएका थिए ।
ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रममा जुनियर तर्फको कार्यक्रम संयोजन शिक्षक दयाराम खत्रीले गरेका थिए भने सिनियर तर्फको कार्यक्रम संयोजन नेपाली शिक्षक सीता अधिकारी र शिक्षक राज्यलक्ष्मी प्रजापतिले गरेका थिए ।
शुक्रबार सम्पन्न प्रतियोगितामा जुनियर तर्फ कक्षा ५ कि छात्रा निम्ता भट्टराई पहिलो कक्षा २ कि छात्रा नूर बडाल दोस्रो कक्षा ३ का छात्र श्रेयन दुलाल तेस्रो र कक्षा १ कि छात्रा मेलिशा कारन्जित सान्त्वना हुन सफल भए त्यसैगरी सिनियर तर्फ कक्षा ६ का छात्र शुभम दुलाल पहिलो कक्षा ८ कि छात्रा दिपिका पाण्डे दोस्रो कक्षा ८ कि छात्रा आयुषा पौडेल तेस्रो र कक्षा ६ कि छात्रा एन्जल विश्वकर्मा सान्त्वना पुरस्कार जित्न सफल भए ।
विद्यालयका एकेडेमीक कोअर्डिनेटर तथा नेपाली शिक्षक गुणनिधी कोइरालाको एकल निर्णायक भूमिका रहेको प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न विषयमा स्थलगत कविता रचना गरि वाचन गरिएकाे विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्का बताए ।