राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी पिउनुहोस्, त्यसपछि हेर्नुस कमाल

अनलाइन दर्पण 2020-04-18
img

आम मानिसहरु अलैंचीको प्रयोग मसलामा र माउथ प्रेसनरको रुपमा गर्दछन् । चियामा राखिएको अलैंचीले यसको स्वादमा वृद्धि गर्दछ । अलैंचीको फाइदा यसमा मात्र सिमित छैन । यदि तपाईं अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने तपाईंले यसको दोब्बर फाइदा प्राप्त गर्नुहुनेछ । 
आयुर्वेदिकका विज्ञहरु अलैंची स्वास्थ्यका लागि निकै फाइदाजनक भएको बताउँछन् । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट राहत पाउन पनि सहयोग गर्दछ ।

पत्थरीलाई फुटाउँछ । यसले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ । यदि राती सुत्नु अघि अलैंचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्याउँछ ।

पेट घटाउन सहयोग पुर्याउँछः

यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी पिउनुहोस् । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ । यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ ।

कपाल झर्न रोकिन्छः

राती दुईवटा अलैंची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्याउँछ । यसले कपाललाई चायामुक्त पनि बनाउँछ ।

स्पर्म काउन्ट बढ्छः

यदि तपाईंको स्पर्म काउन्ट कम छ भने यो तरिका तपाईंका लागि फलदायक हुन्छ । अलैंची र तातो पानीले स्पर्म काउन्टलाई बढाउने गर्दछ । अलैंची र तातो पानीको सेवनले तपाईंको शारिरको अंग बलियो र स्वस्थ राख्ने भएकाले यौन जीवनमा थप रोमाञ्चकता निम्त्याउने गर्दछ ।  

रक्तसंचार ठिक हुन्छः

यदि तपाईं दुईवटा अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने रक्तसंचार ठिक हुनुका साथै तपाईंको रगतलाई पनि सफा बनाउँछ । जसका कारण तपाईंको छाला पनि राम्रो हुन्छ ।

पाचन क्रिया बलियोः

अलैंची र तातो पानीको सेवनले तपाईंको पाचन क्रिया बलियो बनाउँछ । यसले आन्द्रा र मृगौला पनि सफा राख्दछ  भने कब्जियतको समस्यालाई पनि टाढै राख्छ । एजेन्सीको सहयोगमा 

याे पनि पढ्नुहाेस्: 

गर्मीमा राति निद्रा लाग्दैन भने खानुस् यी खानेकुरा !

गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ ।

भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खाना नै खानुपर्छ सधैं । बाहिरको खानेकुरा सकेसम्म नखानुस् । अनि राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुुरा खानुस् ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ । यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ । शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

सम्बन्धित समाचार

Advertisement