अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, DOG को साटो यस्तो नाम राखिने…….

अनलाइन दर्पण 2018-01-02
img

कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ ।

सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ ।

यहीँ ट्रेण्डलाई पक्रिँदै विश्वको चर्चित शव्दकोश मेरिएम वेब्स्टर्स डिक्सनरीले पनि यस वर्षदेखि डोगो शव्दलाई आफ्नो शव्दकोषमा नयाँ शव्दको रुपमा प्रवेश गराउने भएको छ । शव्दकोशले ट्विटरमार्फत यस्तो जानकारी दिएको हो ।

वास्तवमा आजकल डोगो नामबाट आफ्नो घरको पाल्तू कुकुरका फोटोहरु शोसल मिडियामा अपलोड गर्ने क्रम निकै बढेको छ । योसँगै मेरियम वेब्स्टर्स शव्दकोशले पनि ट्विटमार्फत डोगो शव्दको उत्पत्तिका विषयमा लेखिएको एक आलेखको लिंक शेयर गर्दे यस शव्दलाई शव्दकोशमा समावेश गर्ने विषयमा विचार गरिरहेको जनाएको छ ।

शव्दकोशले शेयर गरेको आलेख अनुसार म्यननय शव्दको प्रयोग १९ औँ शताब्दीका साहित्यमा पनि भएको देखिन्छ । त्यसबेलाको साहित्यमा Lie Doggo को अर्थ कतै लुकेर उँघिरहेको कुकुर भन्ने हुन्थ्यो ।

सम्बन्धित समाचार