विद्युत प्राधिकरणका सुपरभाइजर २५ हजार घुससहित पक्राउ

अनलाइन दर्पण 2018-01-01
img

काभ्रे,१७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका एक  कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।  पाँचखाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।

विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित समाचार