काठमाडौं ,१३ पुस । रानीपोखरीको पुनर्निर्माण स्थगित भएको छ । काठमाडौं महानरपालिकाले विवादास्पद रानीपोखरीको पुनर्निर्माण कार्य स्थगित गरेर मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ ।
महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको हाे ।
महानरपालिकाले यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजकत्वमा समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना सहितकाे विज्ञ समिति समेत बनाइएको छ ।
विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।
रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।