उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

अनलाइन दर्पण 2017-12-26
img

काठमाडौं, ११ पुस। रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । मंगलबार विहान उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले लगाएको ताला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।

रानीपोखरीमा सिमेन्टसहित क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । 

रानीपोखरी जस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने  बतार्इन ।  क्रंक्रिट प्रयोग गर्न पुरतत्व विभागले स्वीकृति दिएको भनिएकाले त्यस विषयमा पुनर्विचार गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उपमेयर खड्गीले रानीपोखरीको अवलोकन गरे लगतै सम्पदाप्रेमी काठमाडौंबासीको नाममा ताला लगाइएको थियो ।

रानीपोखरीमा ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगेका थिए । उनले ताला तोड्न निर्देशन दिएर ताला तोडियो । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।

सम्बन्धित समाचार