दाँतको उपचार गर्न अस्पताल पुगेका व्यक्तिको मृत्यु, अस्पतालले  दियाे १० लाख क्षतिपूर्ति

अनलाइन दर्पण 2017-12-20
img

सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मृत्यु  भएको छ ।

गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर, अप्रेसनपछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । 

दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे अस्पताल पुगेका बिरामीकाे डाक्टरको लापरबाहीले सामान्य अवस्थाका अाएकाे मान्छेको ज्यान गएको आफन्तको आरोप छ । परिवारले मृतकको शव उठाउन नमानेपछी  अस्पतालले अर्यालको परिवारलाइ क्षतीपूर्तिवापत १० लाख दिने भएकाे छ ।

मृतका आफन्त र अस्पताल प्रशासनसहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति वापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यबस्था मिलाउने गरी सहमती भएको मालिका गाउँपालिका-६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव उठाएका थिएनन् । परिवार र अस्पताल प्रशासनको सहमति पछि परिवाले शव बुझेका छन् ।

बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा बेहोस छन् । मृतक अर्याललका परिवारमा ४ छोरी र १ छोरा र श्रीमती छन् ।

सम्बन्धित समाचार