चुक्ता पुँजी वृद्धिको क्रममा रहेको नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।
हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन सेयर निष्कासन गर्न लागिएको निगमले जनाएको छ ।
निगम कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भए पनि चुक्ता पुँजी न्यून छ । अहिले नयाँ ऐन २०६३ जारी भइसकेकाले सोही अवधारणामा जान निगमले आवश्यक कदम चाल्न लागेको हो ।
आजको कान्तिपुरमा समाचार छ ।