सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

अनलाइन दर्पण 2017-12-15
img

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे ।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले जनाए । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ ।

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए ।

सम्बन्धित समाचार

Advertisement