काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हासिल गरेको छ ।
वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ भने गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसले २३ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।