फेसबुकबाट २१ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

अनलाइन दर्पण 2017-12-13
img

काठमाडौं, २७ मंसिर। फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठगी गर्ने   सिन्धुपाल्चोक माङखाका तुलबहादुर तामाङ  पक्राउ परेका छन् ।

भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय  तामाङले संखुवासभाकी एक युवतीलाई फेसबुकबाट साथी बनाइ सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कबिहीन भएका थिए ।

उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।

सम्बन्धित समाचार