काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले ४२ मतले जितेको निर्वाचनको परिणाम धाँधली गरी हराइएको बताएका छन् ।
पौडेलले वाम गठबन्धनका उम्मेदवार आशा खनालसँग ५ मतले अाफुले हारेको भन्ने समाचार आएपछि असन्तुष्टि पोख्दै आफ्नो फेसवुक वालमा जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार नगर्ने उल्लेख गरेका छन् ।
केही मतदान केन्द्रबाट उठाइएको मुचुल्का र मतपेटिकाको संख्या फरक भएको तथ्य देखाउँदै उनले मतपरिणाम स्वीकार नगर्ने बताएका हुन् ।
स्वाभाविक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाई स्वीकार गर्न सकिन्न । पाैडेलले अाफ्नाे फेसबुक वालमा लेखेका छन् ।
मतपरिणामप्रति असन्तुष्ट पौडेलले आफ्ना साथीहरुसँग सल्लाह गरी कानुनी सहायता लिर्इ मुद्दा दायर गर्ने शंकेत पनि देखाएका छन् ।
पौडेलले फेसवुकमा यस्तो लेखेका छन् :
म अनवरत लोकतन्त्रका लागि सर्घष गरेको ब्यक्ति हुँ । पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोक्तान्त्रिक पद्दतिको लागि सर्घष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वाभाविक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न सकिन्न ।
जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार गर भन्नू अलोकतान्त्रिक मान्यता हो । तनहुँ क्षेत्र नं २ अन्तर्गत १ नं प्रदेशको मतगणनाको अन्तिम ५ मतपेटिकाहरु (अमरज्योति आ.बि ग्यारसिंघ ३७६, ब्यास ५ जनजुक्त शाही मा. बि केन्द्रमा ५४२, म्याग्दे गा. पा जनजौकुमारी शाही आ.बि. वार्ड नं ७ को ४८७, ब्यास ५ उदय मा.बि ठुलोटार ३९६, म्याग्दे गा.पा वार्ड नं ४ स्थित मीन मा. बि मा ५२७ भएका मतपत्रहरुको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ । तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो ।
४२ फर्जी मत थप गरी ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यता माथिको चरम आक्रमण हो। प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरि जबर्ज्स्ति निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपुर्ण छ । अन्याय सहनुहुन्न् भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबैसँग परामर्श गरी अगाडि बढ्ने जानकारी गराँउदछु ।
जयनेपाल ।