कुन प्रदेशमा कुन पार्टीकाे सरकार?

अनलाइन दर्पण 2017-12-11
img

काठमाडौं । गत मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको  सम्पन्न भए सँगै नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । याे निर्वाचनबाट नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रदेशसभाका सांसद चुनिएका छन् र सात वटै प्रदेशमा छुट्टा छुट्टै प्रदेश सरकार बन्नेछ ।  

मतगणना लगभग अन्तिम चरणमा पुग्दा जनमानसकाे ध्यान कुन प्रदेशमा कुन पार्टिकाे सरकार बन्छ भन्नेतर्फ आकर्षित भएकाे देखिन्छ । 

अहिलेसम्म सार्वजनिक भएको नतिजा हेर्दा नेकपा एमालेबाट सबै प्रदेशमा गरी १६४ जना, नेकपा माओवादी केन्द्र बाट ७५ र नेपाली कांग्रेसबाट ३९ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । 

संघीय समाजवादी फोरमबाट २३ र राष्ट्रिय जनता पार्टीका १६ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । 

प्रदेश नम्वर १

प्रदेश नम्वर १ काे प्रत्यक्ष तर्फकाे कुल ५६ सिट मध्ये नेकपा (एमाले) ले ३६ स्थानमा र माअाेवादी केन्द्रले १० स्थानमा र नेपाली कांग्रेसले ७ र स्वतन्त्रले १ स्थानमा जित हाँसिल गरेका छन् भने ३ स्थानकाे नतिजा अाउन बाँकी देखिन्छ । यसरी हेर्दा प्रदेश नम्वर १ मा वाम गठबन्धनकाे सरकार बन्ने छ । 

प्रदेश नम्वर २

प्रदेश नम्वर २ काे प्रत्यक्ष तर्फकाे कुल ६४ सिट मध्ये नेकपा (एमाले) ले १३ स्थानमा, माअाेवादी केन्द्रले ६ स्थानमा, नेपाली कांग्रेसले ८, संघिय समाजवादि फोरमले २०, राजपाले १५ र स्वतन्त्रले १ स्थानमा जित हाँसिल गरेका छन् । यसरी हेर्दा प्रदेश नम्बर २ मा संघिय समाजवादि फोरम र राजपा मिले सरकार बनाउन सक्ने अवस्था देखिन्छ ।

प्रदेश नम्वर ३

प्रदेश नम्वर ३ काे प्रत्यक्ष तर्फकाे कुल ६६ सिट मध्ये नेकपा (एमाले) ले ४१, माअाेवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, नँया शक्तिले १, नेपाल मज्दुर किसान पार्टिले १ स्थानमा जित हाँसिल गरेका छन् भने २ स्थानकाे नतिजा अाउन बाँकी देखिन्छ । यसरी हेर्दा प्रदेश नम्वर ३ मा वाम गठबन्धनकाे सरकार बन्ने छ । 

प्रदेश नम्वर ४

प्रदेश नम्वर ४ काे प्रत्यक्ष तर्फकाे कुल ३६ सिट मध्ये नेकपा (एमाले) ले १५, माअाेवादी केन्द्रले ८, नेपाली कांग्रेसले ५, राष्ट्रिय जनमाेर्चाले २, नँया शक्तिले १ तथा स्वतन्त्रले १ स्थानमा जित हाँसिल गरेका छन् भने ४ स्थानकाे नतिजा अाउन बाँकी देखिन्छ । यसरी हेर्दा प्रदेश नम्वर ४ मा वाम गठबन्धनकाे सरकार बन्ने निस्चित देखिन्छ । 

प्रदेश नम्वर ५

प्रदेश नम्वर ५ काे प्रत्यक्ष तर्फकाे कुल ५२ सिट मध्ये नेकपा (एमाले) ले २८, माअाेवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, संघिय समाजवादि फाेरमले ३ स्थानमा जित हाँसिल गरेका छन्  । यसरी हेर्दा प्रदेश नम्वर ५ मा वाम गठबन्धनकाे सरकार बन्ने निस्चित देखिन्छ । 

प्रदेश नम्वर ६

प्रदेश नम्वर ६ काे प्रत्यक्ष तर्फकाे कुल २४ सिट मध्ये नेकपा (एमाले) ले १४, माअाेवादी केन्द्रले ९, नेपाली कांग्रेसले १ स्थानमा जित हाँसिल गरेका छन्  । यसरी हेर्दा प्रदेश नम्वर ६ मा वाम गठबन्धनकाे सरकार बन्ने निस्चित देखिन्छ । 

प्रदेश नम्वर ७

प्रदेश नम्वर ७ काे प्रत्यक्ष तर्फकाे कुल ३२ सिट मध्ये नेकपा (एमाले) ले १७, माअाेवादी केन्द्रले १०, नेपाली कांग्रेसले ४ र राजपाले १ स्थानमा जित हाँसिल गरेका छन्  । यसरी हेर्दा प्रदेश नम्वर ७ मा पनि वाम गठबन्धनकाे सरकार बन्ने निस्चित देखिन्छ । 

सम्बन्धित समाचार

Advertisement