कति पाउँछन् त मुख्यमन्त्रीले तलब सुविधा ?

अनलाइन दर्पण 2017-12-11
img

काठमाण्डाै, २६ मंसिर । स्थानीय र प्रतिनिधिसभाको अभ्यास गरिए पनि  नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ जस अनुसार मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ।

स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब प्रदेश सरकारको समेत कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको छ।

नयाँ संविधान अनुसार नेपालमा ७ प्रदेश रहनेछन् । जसमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी कुल ५ सय ५० जना प्रदेशसभाका सदस्य बन्नेछन् । प्रत्येक प्रदेशमा बहुमत ल्याउने पार्टीले प्रदेश सरकार गठन गर्नेछ । प्रदेश सञ्चालनका लागि संविधानले मुख्यमन्त्री रहने व्यवस्था गरेकाे छ ।

पहिलो पटक बन्ने प्रदेशसभा र त्यसको मुख्यमन्त्रीको सेवा सुविधा तथा तलब कति होला? याे धेरैमा जिज्ञासाकाे विषय बनेकाे छ ।

मुख्यमन्त्रीले पारिश्रमिक बमोजिम प्रति महिना ६४ हजार रुपैयाँ प्राप्त गर्नेछन् साथै पोसाक सुविधा बापत प्रत्येक वर्ष १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

Advertisement