वाम गठबन्धन ताेड्न सफल डा. नारायण खड्का को हुन्?

अनलाइन दर्पण 2017-12-11
img

रमिला बस्नेत उदयपुर । पिता चित्रबहादुर खड्का र माता धर्मकुमारी खड्का काे काेखबाट डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो ।

२०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधी (पिएचडी) हाँसिल गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारका रुपमा काम गर्नुभएको थियो ।

शहरी विकास मन्त्री समेत बन्नु भएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य खडका २०६४ सालको संविधानसभा चुनावमा उदयपुर क्षेत्र नम्वर १ बाट १४ हजार ४ सय ६८ मत प्राप्त गरी विजयी हुनु भएकाे थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एकीकृत नेकपा (माओवादी) का राजन किराँतीले १३ हजार २ सय ३६ मत र तेश्रो स्थानमा रहेका नेकपा एमालेका अशोककुमार राईले ९ हजार ८ सय १० मत प्राप्त गर्नुभएको थियो ।

दोश्रो संविधान सभाको चुनाव २०७० मा पनि खड्का यही क्षेत्रबाट १५ हजार ३ सय ८१ मत ल्याएर विजयी हुनुभयो ।

विकासवादी नेताका रुपमा परिचित खड्काले प्रतिनिधि सभा उदयपुर क्षेत्र नम्वर १ बाट ३३ हजार १ सय ४२ मतका साथ बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीलार्इ पछि पार्दै विजयी भएका छन्  ।

वाम गठबन्धनकाे तर्फबाट उम्मेदार बनेकी एमालेकी चाैधरीले ३२ हजार ५ सय ९४ मत पाएकी छिन् ।

 

सम्बन्धित समाचार

Advertisement