बाम गठबन्धन दुर्इ तिहार्इ नजिक, तीन जिल्लामा भने ‘शुन्य’

अनलाइन दर्पण 2017-12-11
img

काठमाडौ २५, मंसिर । प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धन दुर्इ तिहार्इ नजिक पुगिरहेकाे अवस्थामा ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् ।

देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ । हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ ।

यता, राष्ट्रिय जनता पार्टी नेपालले ९ तथा संघीय समाजवादी फोरमले पनि ९ वटा सिटमा जीत हासिल गरेको छ । दुई पार्टी क्रमशः ३ र २ स्थानमा अगाडि रहेका छन् ।

सप्तरीमा निल
सप्तरी जिल्लामा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यस जिल्लामा फोरमले २ तथा राजपा र नेपाली काँग्रेसले एक एक सिट जितेको छ ।

सिरहा
सिरहामा मिश्रित नतिजा देखिएको छ । ४ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्वर १ मा एमाले, ३ मा माअाेवादी र ४ मा राजपा विजयी भएको छ । बाँकी क्षेत्र नम्वर १ मा नेपाली काङ्ग्रेस  अग्रता रहेको छ ।

धनुषा
यहाँ भने बाम गठबन्धनको स्थिति राम्रो छ । धनुषामा चार मध्ये एकमा एमाले, एकमा राजापा र एकमा फोरम विजयी भएको छ । बाँकी एक स्थानमा भने माओवादी केन्द्रले अग्रता बनाएको छ ।

महोत्तरी
महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेको छ । यसमध्ये एकमा माओवादी र एकमा राजपा विजयी भएको छ । बाँकी क्षेत्रमा राजपा र फोरमको अग्रता रहेको छ ।

सर्लाही
सर्लाहीमा हालसम्म एक सिटमा राजपा विजयी भएको छ । बाँकी २ सिटमा राजपा र एकमा माओवादी अगाडि छ ।

रौतहट
रौतहटमा मिश्रित नतिजा आएको छ । चार सिटमध्ये दुईमा काँग्रेस, एकमा माओवादी र एकमा राजपा विजयी भएको छ ।

बारामा पनि गठबन्धन निल
बाराका चार निर्वाचन क्षेत्रमा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यहाँ दुईमा फोरम र एक–एक सिटमा काँग्रेस र राजपा विजयी बनेको छ ।

पर्सा पनि रिङआउट
पर्सामा पनि बाम गठबन्धन निल बन्ने सम्भावना छ । चार क्षेत्रमध्ये एकमा फोरम विजयी भएको छ भने दुईमा अग्रता बनाइरहेको छ । एक क्षेत्रमा काङ्ग्रेस अघि रहेको छ ।

सम्बन्धित समाचार

Advertisement