पौडेलले किन गरे पुनः निर्वाचन गर्न माग

अनलाइन दर्पण 2017-12-10
img

काठमाडौं, २४ मंसिर । फर्जी मत भेटिएको भन्दै तनहुँको क्षेत्र नम्बर २  अन्तर्गत प्रदेश सभा (क)मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पुनः निर्वाचनको माग गरेका छन् ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै मुचुल्कामा २३२८ मत खसेकोमा मतगणनामा २३७० मत देखिएको भन्दै ४२ मत फर्जी भेटिएको बताएका हुन् । 

उले ४२ मत फर्जी भेटिएको कारण यो नतिजा स्वीकार गर्न नसकिने भएको कारण यो सबै प्रक्रिया रद्द गरी पुनःनिर्वाचन गर्न माग गरेका छन् । साथै उनले यदि आफ्नो मागलाई अस्वीकार गरिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । यो क्षेत्रमा उनलाई पाँच मतले पराजित भएको घोषणा गरिएको थियो । 

साथै नेपाल विद्यार्थी संघले पनि उक्त क्षेत्रमा एमाले र माओवादी गठबन्धनले  जबरजस्त गणना गर्दै पाँच मतले पराजित गराइएको बताएको छ । 

नेवि संघले सम्पूर्ण नेपालीहरुको आशा र परिवर्तनका सम्भावक युवा नेता पौडेलमाथि बाम गठबन्धन र प्रशासनको मिलेमतोमा कुकृत्य भएको आरोप लगाएको छ । उसले तत्काल निष्पक्ष छानबिन गरी पुनः मतगणना वा कानुनी सम्बोधन गर्न समेत माग गरेको छ । 

याे पनि पढ्नुहाेस नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

सम्बन्धित समाचार

Advertisement