काठमाडौं,१७ मंसिर । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई भारतको बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।
गत असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो । लेनदेनको विवादका बस्नेतले गौचनको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीले यसअघि हत्यामा सुटरको भूमिका निभाएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले पक्राउ गरिसकेको छ ।
गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन ।
हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेपनि अझैं अरु ७ जना फरार छन् । फरार सूचिमा मनोज पुन, लोप्साङ, गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।
गौचनको हत्या रहस्यमय: भारतीय 'सार्पसुटर' पक्राउ