१६ मंसिर। नेपाली कांग्रेसका युवा नेता एबमं तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (क)का उम्मेदवार प्रदीप पौडेलको घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलकाे घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ ।
बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।