म्यादी प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम असुल्ने तीन पक्राउ

अनलाइन दर्पण 2017-10-31
img

१४ कात्तिक, वीरगञ्ज ।म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम असुल्ने तीन जनालाई  जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-१ का हरिनारायण राम, बिसुनदेव यादव र छठु महारा चमार रहेका छन् । 

मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी नगद ३७ हजार एक सय रुपैयाँसहित तीन जनालाई सार्वजनिक गरेको हो ।  उनीहरुको साथबाट म्यादी प्रहरीमा भर्ना हुन आएका २२ जनाको प्रवेशपत्र, २० जनाको प्रवेशपत्रको फोटोकपी, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान र मोबाइल तीन थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेसँगै म्यादी प्रहरीमा भर्ना गराइदिन्छु भन्दै उनीहरुले म्यादी प्रहरीका आवेदकसँग जनही तीन हजारदेखि पाँच हजारसम्म रकम उठाएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए । 

 मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि पर्सा प्रहरीले गत असोज २४ गतेदेखि ३० गतेसम्म आवेदन लिएको थियो ।  पर्सामा म्यादी प्रहरीका लागि १० हजार ४१ जनाले आवदेन दिएका थिए । 

सम्बन्धित समाचार