डेरा प्रमुख गुरमित राम रहिम सिंहसँग जोडिएका १० ठूला खुलासा

अनलाइन दर्पण 2017-09-12
img

डेरा प्रमुख गुरमित राम रहिम सिंह बलात्कारको आरोपमा २० वर्ष जेल सजायँ काटिरहेका छन् । तर राम रहिमबारे विभिन्न यस्ता खुलासा भइरहेका छन् जसले सबैलाई चकित बनाइरहेको छ । यी खुलासाले साधारण व्यक्तिमात्र नभई राम रहिमका भक्तलाई पनि अचम्ममा पारिरहेको छ । थाहा पाऔं राम रहिमसँग जोडिएका १० ठूला खुलासा ।

१. अदालतमा सोधपुछको क्रममा जब न्यायाधिसले राम रहिमलाई बलात्कारबारे सोधे तब उनले आफू नपुसंक भएकाले कसरी बलात्कार गर्न सक्छु र भनी प्रतिप्रश्न गरे ।

२. राम रहिम सेक्स एडिक्ट भएको खुलासा भएको छ । डाक्टका अनुसार राम रहिमको स्वास्थ्य यसकारण खराब भइरहेको छ किनभने उनी सेक्स एडिक्ट छन् । एक रिपोर्टका अनुसार राम रहिम अष्ट्रेलियाबाट सेक्सको औषधी मगाउँथे ।

३. हनिप्रितलाई राम रहिमले धर्मपुत्री बनाएको भनिन्छ तर उनीबिच अवैध सम्बन्ध भएको विभिन्न दाबी सार्वजनिक भएका छन् ।

४. राम रहिमको डेराको जब अनुसन्धान भएको थियो तब जुन नतिजा निस्कियो त्यसले जो कोही अचम्ममा परेका छन् । डेरामा राम रहिमको विलासी जीवनशैली निकै स्पष्ट रुपमा देख्न सकिन्थ्यो ।

५. राम रहिममाथि उनले करिब ४ सय पुरुषलाई नपुंसक बनाएको आरोप लागेको छ । यसबारे उनीविरुद्ध मुद्दासमेत चलिरहेको छ जुन अहिले अदालतमा छ ।

६. अदालतको आदेशपछि डेराबाट विभिन्न गोप्य कुराको पर्दाफास भएको छ । डेरामा गर्भपतन सेन्टर पनि पाइएको छ जसले सबैलाई चकित बनाएको थियो । यसका साथै राम रहिमले बलात्कारका लागि मागेको माफीले पनि सबैलाई चकित बनाएको थियो ।

७. राम रहिमको गुफाले यो क्रममा निकै चर्चा बटुल्यो तर यो खुलासा भयो कि डेरामा यस्ता थुप्रै सुरुङ थिए जुन सिधै राम रहिमको गुफामा निस्कन्थ्यो ।

८. राम रहिम आफ्नो डेरामा निकै विलासी जीवन व्यतित गर्दथे । उनी आफ्नो डेरामा आफ्नै प्लाष्टिकको पैसा पनि चलाउँथे जुन उनका भक्तका लागि पूरा डेरामा मान्य थियो ।

९. जब राम रहिमलाई सजायँ तोकियो तब अदालतबाट जेल जाने क्रममा राम रहिमले भाग्ने प्लान बनाएका थिए । उनी आफ्नी धर्मपुत्रीसँग भाग्नका लागि तयार थिए ।

१०. राम रहिमलाई जब दोषी पाइयो तब हरियाणामा हिंसा भड्किएको थियो । तर उक्त हिंसा पनि त्यत्तिकै भड्किएको नभई हनिप्रितले यसका लागि सिग्नल दिएकी थिइन् । हनिप्रितको हातमा रातो ब्याग थियो जुन हिंसा फैलाउने सिग्नल थियो ।

 

सम्बन्धित समाचार