रमिला बस्नेत, उदयपुर, २० भदौ । गाईघाटस्थित चाँपकी एक बालिका बलात्कृत भएकी छन् । त्रियुगा नगरपालिका ३ चाँपका १८ वर्षिया होमबहादुर कार्कीले ५ वर्षीया बालिकालाई आइतबार मध्यान्ह ३ बजेतिर बालिकाकै घरमा कोही नभएको समयमा बालिकालाई चक्लेट दिएर फकाइ बलात्कार गरेका हुन्।
स्थानीय त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा कक्षा– १२ मा अध्ययनरत कार्कीले भान्जीको नाता लगाउदै आएको बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।
सधै जसो बालिकाको घरमा आउजाउ गरि रहने कार्कीले बालिकाको आमा छिमेकीको घरमा गएको मौका छोपेर बलात्कार गरेको पिडित बालिकाले बताईन ।
पिडित बालिकाका अनुसार गाँउबाट आमा घर आएपछि मामाले नभन्नु भनेको छ भन्दै मेरो यहाँ दुख्यो भनि उनले आफनो गुप्ताङ्ग देखाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएकाे छ ।
दिउँसो ३ बजेको घटना साँझ ५ बजे प्रहरीमा आईपुगेकाले उद्धार गर्न सहज भएको प्रहरीले जानकारी दिए । प्रहरीले कार्कीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको र बालिकाको स्वास्थ्य परिक्षण गरि उपचार भईरहेको र कार्की विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।