त्यो कालो दिन ! इराकमा आजकै दिन मारिएका थिए १२ नेपाली

अनलाइन दर्पण 2017-09-01
img

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको आज १३ बर्ष पूरा भएको छ । २०६१ साल भदौ १६ गते अर्थात आजकै दिन इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठनले गोली हानेर विभत्स हत्या गरेको थियो ।

उक्त समूहले झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।

यसैगरी, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको समेत सोही दिन विभत्स तवरले हत्या भएको थियो ।तीमध्ये एकजनाको घाँटी रेटेर र अरुको गोली हानेर हत्या गरिएको थियो ।

इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरेका थिए भने देशै भर हिंसा भड्किएको थियो। इराकमा मारिएकाहरुका आफन्त र शुभेच्छुकहरुले भदौ १६ लाई कालो दिनका रुपमा सम्झिँदै आएका छन् ।

शुक्रबार, भदौ १६, २०७४ मा प्रकाशित

सम्बन्धित समाचार