काठमाण्डाै, १६ भदाै । अखिल क्रान्तिकारीको २१ औं सम्मेलनबाट नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना त्रिभुवन विश्वविद्यालय किर्तिपूरमा जारी छ ।
प्रदेश नं १,२,४ र ७ को कुल मत ७१७ गणना भईसक्दा अध्यक्ष पदमा रन्जित तामांगले अनिल शर्मालाई ४८ मतले पछि पारेका थिए । तर अनिल शर्माकाे पक्कड मानिएकाे प्रदेश नं ६ काे मत गणना सुरु भए सँगै शर्माले तामाङलार्इ पछाडि पारेका छन् ।
निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार
तामाङले ४५१
शर्माले ४६३ मत प्राप्त गरेका छन् ।