काठमाडौं, १६ भदौ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को मञ्चमा चर्चित गायक राजेशपायल राईकाे उपस्थिति भव्य रह्याे । राइले अाफ्नाे चर्चित गित 'तिमिलार्इ राेजे' बाेलकाे गित गाउदै नेपाल अाइडलकाे साे अाेपनिङ गरेका थिए ।
नेपाली गित सङ्गितमा ५ हजार भन्दा बढि गित रेकर्डिङ गरिसकेका राजेशले स्टेजमा नेपाली मात्र हैन जापानिज तथा भाेजपुरी भाषामा पनि गित गाएर हङगामा मच्चाएकाे थियाे ।
गित सँगितकाे क्षेत्रमा एक छत्र राज गरिरहेका ‘राई इज किङ’ ले नेपाली चलचित्रकाे गित गाउनु उनकाे अाफ्नै बारीकाे खेती भएकाे समेत दाबी गरे ।
राति ८ः४५ बजे प्रसारण हुने छ सोमा ‘टप ४’ प्रतिस्पर्धी पोखराका बुद्ध लामा, मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र चितवनका सागर आले ले प्रस्तुती दिएकाे थियाे ।
असोज ६ गते कतारको दोहामा आइडलको फिनाले हुने छ । टाइटल विजेताले महिन्द्राको ‘केयूभी १००’ मोडलको गाडी र २० लाख नगद प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।