भक्तपुर,१५ भदौ । सूर्यविनायक नगरपालिका वडा नं ९ का वडावासीले तराईका बाढी पीडितलाई सहयोगार्थ संकलन गरेकाे १ लाख पाँच सय पाँच रुपिया वडा अध्यक्ष उपेन्द्र केसीकाे नेतृत्वमा गएका स्थानीयवासीहरुले नगरपालिका मेयर बासुदेव थापालाई हस्तान्तरण गरेका छन ।
बुधबार वडा अध्यक्ष उपेन्द्र केसी नेतृत्वमा गएका स्थानीयवासीहरुले संकलित रकम नगरपालिकाको मेयरको कार्यकक्षमा भेटेर हस्तान्तरण गरेका हुन् ।
वडावासीहरूबाट संकलित रकम बुझ्दै मेयर थापाले तराईको घाउँमा पहाड दुख्नु पर्छ भन्ने मान्यताले ९ वडाले काम गरेकोमा वडा अध्यक्ष मार्फत सम्पूर्ण वडावासीहरुलाई धन्यवाद दिदै संकलित रकम एक साताभित्र पीडित कहाँ पुग्ने वताउँनु भयो ।