काठमाडौ १४ भदौ । बैदेशिक रोजगार बिभागले गत बर्ष फागुनमा वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्रि भिषा, फ्रि टिकट कार्यान्वयन भए-नभएको अनुगमन गर्न चैत्र १ गते सबै म्यानपावर कम्पनीलाई फ्रि भिषा, फ्रि टिकट अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो ।
नियम विपरित सञ्चालन गरिरहेका र फ्रि भिषा, फ्रि टिकटको विवरण नबुझाउने ३० वटा म्यानपावर कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ ।
विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनमा ३० म्यानपावरलाई बिभागले मंगलबार कारबाही गरेको हो ।
विभागको कारबाहीमा अन्तर्गत रु. एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनीहरु १६ वटा रहेका छन् भने रु. ५० हजार हजार रुपैयाँ जरिवाना तिर्नेहरुमा १४ म्यानपावर रहेका छन् ।
रु.१ लाखको दरले जरिवाना खेपेका म्यानपावरहरुको लिष्ट हेर्नुहोस्
१. सिद्धार्थ गौतम ओभरसिज प्रा.लि.
२. यूनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रा.लि.
३. क्यापिटल रिकुटमेन्ट सर्भिस प्रा.लि.
४. मुनलाइट इन्टरनेशनल प्रा.लि
५. सन रे ग्लोबल ओभरसिज प्रा.लि.
६. स्के इन्टरप्राइजेज प्रालि
७. इनोभेटिभ सर्भिसेज प्रा.लि.
८. फरदोश इन्टरनेशनल सर्भिस कम्पनी प्रा.लि
९. एसआरएस ओभरसिज सर्भिसेज प्रा.लि.
१०. रेडरोज इन्टरनेशनल म्यानपावर प्रा.लि.
११. हामिदा इन्टरनेशनल प्रालि
१२. सार्प ह्यूमन रिसोर्सेज प्रा.लि.
१३. नेपाल रिक्रुटिङ सर्भिसेज प्रा. लि.
१४. कौशिक जनशक्ति इन्टरनेशनल प्रा.लि.
१५. मुस्ताङ ओभरसिज प्रा.लि.
१६. सिनमल गोर्खा इन्टरनेशनल मेनेजमेन्ट सर्भिस प्रा.लि.
रु. ५०,०००/- जरिवाना तिर्ने म्यानपावर कम्पनीहरुको लिष्ट हेर्नुहोस
१. राइजिङ्ग स्टार ओभरसिज प्रा.लि.
२. बेबी एन्जल इन्टरनेशनल प्रा.लि
३. पीस नेपाल ओभरसिज प्रा लि.
४. जब सिकर म्यानपावर प्रा.लि.
५. सारथी ओभरसिज रिक्रटमेन्ट प्रालि
६. एशोसिएट्स वेलकम इन्टरनेशनल प्रा.लि.
७. रीजा ओभरसिज इम्प्लाइमेन्ट प्रा.लि.
८. एपोलो मेनपावर सर्भिसेज प्रा.लि.
९. एबिसी ओभरसिज प्रा.लि.
१०. स्तुपा ओभरसिज सर्भिस प्रा.लि.
११. मेरिडियन मेनपावर सर्भिस प्रा.लि.
१२. श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि.
१३. ध्वनी इन्टरनेशनल प्रा.लि.
१४. एनएसओ कन्सल्ट प्रा.लि.
बिभागले पटक-पटक ताकेता गर्दा पनि विवरण नबुझाएपछी पछिल्लो पटक ३ दिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई एकलाख जरिवाना तोकिएको थियो ।
बिभागले फ्रि भिषा, फ्रि टिकट लागू गराउन पटक पटक कसरत गरेता पनि म्यानपावरहरुले राेजगार दाताहरु सँग नियम विपरित ८० हजार भन्दा माथि लिने गरेकाे पाइएकाे छ ।