प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा रास्ट्रघाती सम्झौता गरेको भन्दै नेकपाद्वारा बिरोध प्रदर्शन ,१३ पक्राउ

अनलाइन दर्पण 2017-08-27
img

काठमाडौ, ११ भदौ । भारत भ्रमणको क्रममा राष्ट्रघाती सम्झौता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा  देखाएका छन ।
पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री देउवालाई नेकपाका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
प्रधानमन्त्री देउवा विमानस्थलमा उत्रे लगत्तै नेकपाका नेता कार्यकर्ताले नारा जुलुससहित कालोझण्डा देखाएका थिए । 
बेलुनमा कालोझण्डा बाधेर आकाशमा उडाउदा प्रधानमन्त्रीको सुरक्षार्थ सडकमा खटिएका प्रहरी समेत छक्क परेका थिए । एकछिन उनीहरु पनि कालोझण्डासहित आकाशतिर उडिरहेको बेलुन हेरेर दंग परे ।
प्रधानमन्त्रीको बिरोध गर्न ठुलो  संख्यामा विमानस्थल गेटअगाडी पुगेका नेकपाका  कार्यकर्ताहरुले सोहि क्रममा राष्ट्रघाती सम्झौता खारेज गर, दलाल सरकार मूर्दावाद जस्ता नारा लगाएका थिए ।

विगतको भन्दा केही फरक थियो विरोध प्रदर्शन 
नेकपाका  कार्यकर्ताहरुले १० ओटा बेलुनमा राष्ट्रघाती कोशी उच्च बाँध सम्झौता खारेज गर, दलाल सरकार मुर्दावाद जस्ता नारा लेखिएका वेलुन एयरपोर्टको अाकाशमा उडेका थिए । प्रधानमन्त्री देउवा बिरुद्ध गौशालाबाटै नारा घन्किन थालेपछि प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार