बाबुरामलाई माओवादीमा फर्कन प्रचण्डकाे आग्रह

अनलाइन दर्पण 2017-08-20
img

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईलाई पनि माओवादीमा फर्किन आग्रह गरेका छन् ।

रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले बाबुरामसँगै बैद्य र विप्लव पनि माओवादी केन्द्रमा फर्किने विश्वास व्यक्त गरे । उनले भने, ‘ढिलो चाँडो बाबुरामजी पनि फर्किनुहुन्छ । नआए केही बाँकी रहने छैन ।’

बाबुराममा सही समयमा सही निर्णय लिने क्षमता नभएको झा र शर्माको होमा हो मिलाउँदै प्रचण्डले भने, ‘बाबुराममा ज्ञान छ, बुद्धि छैन ।’ ज्ञान भएपनि भट्टराईले सही समयमा सही निर्णय लिन नसक्ने उनको दाबी थियो ।

रामचन्द्र झा माओवादी आउँदा एमालेका एक नेताले आफूसँग ‘हाम्रो पार्टीको ठूलो विद्धानलाई लैजानुभयो’ भनेको सुनाउँदै प्रचण्डले भने, ‘पार्टीमा आएको केही समयपछि नै अर्कै विद्धानको पछि लागेर हैरान भयो ।’

अनलाइन खवरबाट

सम्बन्धित समाचार