सरकारले अाफ्ना माग पूरा नगरेको भन्दै प्राध्यपकहरु अान्दोलनमा उत्रेका छन् ।
अाफूहरुसँग गरेको सहमति पालना नभएको भन्दै आशिंक प्राध्यापक संघले अान्दोलनमा उत्रेको हो ।
संघर्षका कार्यक्रमअनुसार मंगलबारदेखि प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि रिले अनशन सुरु गर्ने भएका छन् ।
राजधानीमा आयोजित संघको राष्ट्रिय भेलामा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डाक्टर यादव लामिछानेले आफुहरुसँग भएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बताए । साउन २२ गतेसम्म पनि मागको सुनुवाई नभए शसक्त रुपमा प्रस्तुहुने संघले चेतावनी दिएको छ ।
बर्षौदेखि आशिंक रुपमा क्याम्पसमा प्राध्यापन गराइरहेका प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनु नपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग संघले राखेको छ । देशभरका ६० वटा त्रिवि आंगिक क्याम्पसका २ सय आशिंक प्राध्यापकहरु अान्दोलनमा छन् ।