नेकपाले भारतीय दूतावास घेर्दै ज्ञापन पत्र बुझायाे

अनलाइन दर्पण 2017-06-26
img

काठमाडौं, असार १२। दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरि भारतीय दुताबासलार्इ ज्ञापन पत्र बुझाएकाे छ ।

नेकपाका थार्इ कमिटि सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमूख धर्मेन्द्र बास्तोलाको नेतृत्वमा शान्तिबाटिका बाट जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए ।

बास्ताेलाले कम्यूनिष्टहरुकाे जाती भनेकाे अन्तराष्ट्रिय हुने भएकाेले भारतमा भएकाे दमन पनि मानब अधिकार विपरित भएकाे कारण उक्त सैनिय दमनकाे नेकपाले घाेर विराेध र भत्सना गर्दै दार्जिलिङ बासिकाे समर्थन गर्ने बताए ।

भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । उनले भने, ‘गोर्खाजातिले आफ्नो भाषाको सम्वर्द्धन गर्न किन नपाउने ? नेपालसँग हेरेर किन दमन गर्ने ?’

ज्ञापनपत्र यस्ताे छ 

सम्बन्धित समाचार