किन र कस्ले गर्याे विहानैदेखि राप्ती ठप्प ?

अनलाइन दर्पण 2017-06-12
img

दाङ, जेठ ३० । अाफ्ना नेता-कार्यकर्ताहरु गिरफ्तारको विरोधमा नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले अायोजना गरेको बन्दका कारण यातायात, शिक्षण संस्था, बजार पूर्ण रुपमा बन्द छन् । दाङबाट चल्ने लामो र छोटो दुरीका सबै यातायात चलेका छैनन् ।

बन्दका कारण राप्तीका सबै जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् । दाङ, सल्यान, प्युठान, रुकुम, रोल्पाको जनजिवन प्रभावित भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा चारओटा गाडीमा तोडफोड गरिएको छ । बन्दमा चलाइएका तीनओटा ट्रक र एउटा जीपमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।

यही जेठ २४ गते नेकपाको बैठकमै हस्तक्षेप गरेर प्रहरीले राप्ती ब्युरो इन्चार्जसहित दर्जन नेताहरुलाई गिरफ्तार गरेको थियो ।

राप्तीका विभिन्न ठाउँबाट ४० जना नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेर थुनामा राखेका नेकपा राप्तीले जनाएको छ ।

सम्बन्धित समाचार